नव टाकुरा बचत सहकारीद्धारा रक्तदान कार्यक्रम

- January 20, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । काठमाडौंको प्यूखा– २२, न्यूरोडमा रहेको नव टाकुरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा गौतम चौलागाई एकता समाज, ऐच्छिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संलग्नतामा माघ ७ गते शनिबार रक्तदान कार्यक्रमको हुने भएको छ ।

सो संस्थाले माघ ७ गते बिहान ९ बजेर ३० मिनेटदेखि जमलमा रक्तदान कार्यक्रमको आयोजना गरेको सो संस्थाले जनाएको छ । सो अवसरमा रक्तदान गर्न समेत सवैमा आग्रह गरिएको छ । ‘सुरक्षित रगत सबैका लागि जीवन दान’ भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरेको सो संस्थाले जनाएको छ ।

सो रक्तदान कार्यक्रमलाई सफल बनाउनका लागि कर्मचारी, व्यवसायी, बुद्धिजीवी, अभिकर्ता, समाजसेवी लगायत स्थानीयवासीलाई समेत सबैलाई रक्तदान गरी सहयोग गर्न आग्रह गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!