सरकारी ढुकुटी रित्तिएपछि खर्च कटौती गर्न अर्थको निर्देशन (सूचीसहित)

- January 20, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । अस्थिर सरकार र राजनीतिका कारण देशको अर्थतन्त्रको विकासमा पुगेको अबरोध अहिले सरकारी ढुकुटीमा देखिन थालेको छ । जसको असर सरकारले कर्मचारीलाई समेत मासिक तलब खुवाउनकालागि ऋण लिनु पर्ने अबस्थामा पुगेपछि अर्थमन्त्रालयले सरकारी निकायहरुलाई खर्च कटौटी गर्नु गराउनु भन्दै निर्देशन दिएको छ ।

१७ बुँदे निर्देशन दिदै अर्थमन्त्रालयले मातहतका सबै महाशाखालाई खर्च कटौती गर्न समेत निर्देशन दिएको बताइएएको छ । चालू आर्थिक वर्षको चालू खर्च घटाउने सम्बन्धी मापदण्ड २०७९ मार्फत अर्थले १७ बुँदे निर्देशन जारी गरेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले नयाँ मापदण्डमा बोतलको पानी विस्थापित गरी जारको पानीमात्र प्रयोग गर्ने, अनावश्यक रूपमा हिटर, पंखा नचलाउने, बजेट निर्माणमा अतिरिक्त खटेका कर्मचारीको भत्ता समेत घटाउने निर्देशन दिएको छ ।

अति आवश्यकबाहेकका स्वदेशी तथा विदेशी भ्रमणलाई निरुत्साहित गर्ने, दुईपांग्रे र चार पांग्रे सवारीसाधन सर्भिसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल र लुब्रिकेन्ट फेर्ने जस्ता निर्देशन दिएको मन्त्री पौडेलले बातएका छन् ।

सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रम अनुसार चालू खर्च कटौती गर्ने लक्ष्य लिइएको बताउदै उनले सबै मन्त्रालयलाई खर्च कटौती गर्न समेत आग्रह गरेका छन् । अहिले सरकारी राजस्वले चालू खर्च धान्नै मुस्किल रहेका बेला अर्थले चालू खर्च कम गर्न विधि अपनाएको समेत बातइएको छ ।

नयाँ मापदण्डमा मन्त्रालयले नियमित रुपमा छाप्ने बजेट सम्बन्धी पुस्तक वा अन्य पुस्तक तथा पर्चाहरुलाई छाप्न निरुत्साहन गरी वेबसाइटमा राख्ने, अति आवश्यक बाहेकका सेमिनार तालिम गोष्ठि नगर्ने । गर्नै पर्ने भए यस्ता कार्यक्रम गर्दा मन्त्रालयको कार्यकक्ष वा सरकारी निकायका भवनहरु प्रयोग गर्ने, बैठक र अतिथि सत्कारका लागि छुट्याएको बाहेक, खाना खाजा सरकारी खर्चबाट भुक्तानी नगर्ने, बजेट निर्माणका समयमा अतिरिक्त बिहान बेलुका काम गर्ने आएको प्रतिदिन ६ सयलाई ३ सय मात्र दिने मापदण्डमा उल्लेख छ ।

अर्थमन्त्रालयले स्वीकृत दरबन्दी र कार्यक्रममा समावेश भएको बाहेक करार तथा ज्यालादारीको कामदार नराख्ने, मन्त्रालयको विद्यमान जनशक्तिबाट सम्पादन हुन सक्ने कामका लागि बाह्य परामर्श सेवा खरिद नगर्ने, बैठकहरू कार्यालय समयभित्र गर्ने व्यवस्था मिलाउँने । कार्यालय समयभित्र गर्न नसकी अगाडि वा पछाडि बस्नुपर्ने भएमा नगरी नहुने मात्र गर्ने र अति आवश्यकबाहेक थोरै र पटके रुपमा प्रयोग हुने सामान स्टक नराख्ने समेत मापदण्डमा भनेको छ ।

अर्थले जारी गरेको निर्देशन

१ . अति आवश्यक बाहेकका स्वदेशी तथा विदेशी भ्रमणलाई निरुत्साहित गर्ने ।

२. दुइपांग्रे र चार पांग्रे सवारीसाधन सर्भिसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल र लुब्रिकेन्ट फेर्ने । प्रत्येक पटक सर्भिसिङमा मोबिल लुब्रिकेन्ट फेरी रहनुनपर्ने हुनसक्छ ।

३. कार्यालयमा प्रयोग भएका पर्दा, कार्पेट तथा फर्निसिङको सामाग्रीको उच्चतम प्रयोग गर्ने, सम्भव भएसम्म नयाँ सामान खरिद नगर्ने ।

४. सकेसम्म कार्यालय सामाग्रीको सन्दर्भमा बैकल्पिक र किफायति सामानको प्रयोग गर्ने ।

५.  नयाँ पत्रिका खरिदका लागि सदस्यता नलिने तथा नवीकरणका लागि रेस्नल संख्यामा नवीकरण गर्ने ।

६. मन्त्रालयले नियमित रुपमा छाप्ने बजेट सम्बन्धि पुस्तक वा अन्य पुस्तक छाप्न निरुत्साहन गरी वेभसाइटमा राख्ने ।

७. अति आवश्यक बाहेक सेमिनार, तालिम गोष्ठी नगर्ने र गर्नै पर्ने भए सरकारकी नर्म्सभन्दा बढी भएका लागत स्टिमेट स्विकृत नगर्ने ।यस्ता कार्यक्रम गर्दा मन्त्रमालयका सभाकक्ष र अन्य सरकारी निकायको भवन प्रयोग गर्ने ।

८. सबै महाशाखाका लागि छुट्याएका कार्यक्रमको प्राथमिकीकरण गरी अति आवश्यक कार्यक्रमहरु मात्र गर्ने । चालु आर्थिक वर्षमा स्विकृत कार्यक्रम पुनरावलोकन गरी अहिले नगर्दा पनि हुने कामलाई स्थगित गर्ने ।

९. बैठक र अतिथि सत्कारका लागि छुट्याएको बाहेक, खाना खाजा सरकारी खर्चबाट भुक्तानी नगर्ने, बजेट निर्माणका समयमा अतिरिक्त बिहान बेलुका काम गर्ने आएको प्रतिदिन ६ सयलाई ३ सय मात्र दिने ।

१०. अति आवश्यकविना एसी, हिटर, पंखाको प्रयोग नगर्ने ।

११. बोतलको पानीलाई निरुत्साहित गरी जारको पानी प्रयोगलाई प्रोत्साहन गर्ने ।

१२. कार्यालयमा प्रयोग हुने टोनर र कार्टेजलाई मिलेसम्म रिफिल गरेर प्रयोग गर्ने ।

१३. अनावश्यक विज्ञापन, सूचना प्रकाशन तथा पत्रपत्रिकालाई निरुत्साहन गर्ने ।

१४. स्वीकृत दरबन्दी र कार्यक्रममा समावेश भएको बाहेक करार तथा ज्यालादारीको कामदार नराख्ने ।

१५. मन्त्रालयको विद्यमान जनशक्तिबाट सम्पादन हुन सक्ने कामका लागि बाह्य परामर्श सेवा खरिद नगर्ने ।

१६. बैठकहरू कार्यालय समयभित्र गर्ने व्यवस्था मिलाउँने । कार्यालय समयभित्र गर्न नसकी अगाडि वा पछाडि बस्नुपर्ने भएमा नगरी नहुने मात्र गर्ने ।

१७. अति आवश्यकबाहेक थोरै र पटके रुपमा प्रयोग हुने सामान स्टक नराख्ने ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!