काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खुला रुपमा गैरकानुनी रुपमा चलाउदै आएको मिटरब्याजी समस्या समाधानका लागि आफूले सम्बन्धित निकायलाई परिचालान गरेर समाधान गर्ने बताएका छन् । बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँगको भेटमा प्रधानमन्त्री दाहालले सो समस्या समाधान गर्ने प्तिबद्धता जनाएका हुन ।
प्रधानमन्त्री दाहालले भने,‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छ, मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ, यसलाई मैले राम्रोसँग बुझेको छु, यसपटक तपाईंहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु ।’ प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए ।
मिटरव्याजीद्वारा टोलेगुण्डा परिचालन : पसल हड्प्नेदेखि ज्यान मारि दिन धम्की
प्रतिक्रिया