रविले विवादस्पदलाई मन्त्री बनाएपछि असन्तुष्टि : राम्राे गाडी उपहार दिनेलाई राम्राे मन्त्रालय उपहार !!

- January 19, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)


गृह प्रवेशसँगै मन्त्रालय अन्तरगतकाे सरुवा, बढुवामा उनको चासो बढेकाे चर्चा गृहमा हुन थालेकाे छ । विवादस्पद म्यान पावर व्यवसायी अर्याललाई मन्त्री बनाउने भूमिकामा बोहारा किन हाबी भएका हुन् भने बोहोरालाई अर्यालले गाडी नै उपहार दिएकाे रास्वपा स्राेत बताउछ । यो कुरा बोहोराले आफ्नो फेसबुकमै लेखेका थिए ।

बोहरा र लामिछानेलाई जापान जाँदा सम्पूर्ण व्यवस्थापन यिनै अर्यालले गरेका थिए । गाडी नै उपहार पाएका बोहाराले मन्त्री बनाउन लाग्नु अन्यथा थिएन । त्यसमाथि लामिछानेसँग पनि अर्यालले दोस्ती घनिष्ट बनाएकै थिए । पार्टी चलाउन पैसा पनि सहयोग गरेकाे कारण अरू विवादमा नपरेका सांसदहरू मन्त्री बन्नबाट बञ्चित भएकाे गुनासाे सुनिन्छ ।

लामिछाने र अर्यालकै कुरै छोडौं अमेरिकी पैसामा एनजीओ चलाएर आएका शिशिर खनाल पनि स्वार्थ बाझिने गरी शिक्षा मन्त्रालयको बागडोर सम्हाल्न पुगेका छन् । शिक्षा क्षेत्रमा काम गरेको विज्ञको रुपमा उनको प्रचार भइरहेको छ । तर, टिच फर नेपाल नामक एनजीओ संस्थापक भएर काम गरेका खनालको शिक्षाको नीतिगत तहमा कुनै विज्ञता नरहेकाे रास्वपा स्राेत बताउछ ।

दाताहरुको प्रभावमा खनालले काम गर्ने मौका चाहिँ पाएका छन् ।  नेपालको शिक्षा क्षेत्र दाताहरुको दबदबा बढिरहेका बेला खनालको प्रवेशले थप हौसला पाएको छ । कर्मचारीहरु दाताकै लागि काम गर्ने र मन्त्री पनि उनकै प्रभावमा रहने भएपछि नेपालको शिक्षा क्षेत्र अब कस्तो होला ? प्रश्न उठ्ने स्थितिमा आएको छ । (साँघु न्यूजबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!