त्रिभुवन विमानस्थलमा मन्त्री किरातीको छड्के : आगमन कक्ष व्यवस्थित गर्नभन्दै बाहिरिए

- January 19, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएसंगै बिहिबार विहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्केमा गएका मन्त्री सुदन किरातीले त्यहाँ भएको बेथितीलाई नियन्त्रण गर्नेमा भन्दा पनि आगमन कक्ष व्यवस्थित गर्नु गराउनुभन्दै निर्देशन दिएर बाहिरिएका छन् ।

बिहान विमानस्थल पुगेका मन्त्री किरातीले सरसफाइ र आगमन कक्षतर्फका लिफ्ट, स्केलेटर र ट्रयाबलेटरको अनुगमन गरेका थिए । उनले सोही हवाईमार्ग हुदै दैनिक रुपमा अबैधरुपमा भित्रने सुन, प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन समेतलाई लत्याउदै यात्रुले ल्याएका एक थान मोबाईल जफत गरिको बारेमा भने केही बोल्न र निर्देशन नदिएको विमानस्थलका एक कर्मचारीले बताएका छन । उनी अनुगमनका क्रममा विमानस्थलका शौचालयहरू सफा राख्न र आगमन कक्षलाई व्यवस्थित र सुरक्षित राख्न निर्देशन दिदै बाहिरिएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!