ठूलालाई भन्दा साना उद्योगीलाई प्राथमिकतामा राखेर नीति बनाउन ग्रील महासंघको आग्रह

- January 18, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नेपालको अर्थतन्त्रको जहाजलाई ओभरसुट गरेर दुर्घटना हुनबाट जोगाएको छ : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रको जहाजलाई ओभरसुट गरेर दुर्घटना हुनबाट जोगाइएको बताएका छन् । उनले नेपालको अर्थतन्त्रको जहाज झन्डै दुर्घटनामा परि सकेको बताउदै जसरी पाईलटले जहाज ओभरसुट गरेर फेरि उडाएर दुर्घटनाबाट जोगाए झै अहिले जोगाएका छन् अब सेफ ल्यान्डिङ गर्नु पर्ने अबस्था आएको बताए ।

उनले पर्यटनबाट आर्जन गरेको रकम भन्दा शिक्षामा धेरै पैसा विदेश बाहिर पठाउने परिपाटि रहेको भन्दै उनले अब नेपाली उद्योगको क्षमता बढाउनुपर्ने बताएका छन् । उनले भने,‘उद्योगहरु ५० प्रतिशत क्षमतामा चलेका छन्, सेवा क्षेत्रको माग घटिरहेको छ, फ्युचर इन्भेस्टमेन्ट प्लान दुई तिहाइले पर सर्दैछन्, यसले अर्थतन्त्र शिथिल बन्छ, यसले मूल्य घट्ला, ब्याजदर घट्ला, के भयो ? हामीलाई त उत्पादन, रोजगारी, निर्यात चाहिएको न हो ।’

निक्षेपमा ब्याजदर करेक्सन गरिएमात्रै कर्जाको ब्याजदर घट्ने उनको भनाइ छ । माथिल्लो एक अंकमा निक्षेपको ब्याजदर र दुई अंकको सबैभन्दा तल्लो बिन्दुमा कर्जाको ब्याजदर राख्दा सन्तुलन हुने उनले बताए । उनले जग्गाको वर्गीकरण स्थानीय तहबाट गर्न सुझाव दिंदै यसलाई एक्कासी रोक्नु भन्दा विस्तारै व्यवस्थापन गर्दै लैजानु पर्नेमा जोड दिए ।

उनले भने,‘चालुपूँजी कर्जाबारे उनले भने, ‘लगानी स्थिर पूँजीमा गर्नु भएको छ, व्यवसायी साथीहरूले पनि मनन गर्नुस्, एकै पटक कस्नु भन्दा विस्तारै मिलाउँदै जानु नै वुद्धिमता हुन्छ ।’ पुर्व गर्भनर समेत रहेका खटिवडाले भन्सार र राज्स्व प्रशासनमा सुधार गर्नु अत्यावश्यक रहेको भन्दै भन्सारलाई कडाइ गर्दा रेमिट्यान्स पनि बढ्ने बताए ।

उनले हुण्डीलाई निरुत्साहित गर्न आग्रह समेत गरे । आन्तरिक रुपमा उत्पादन हुने वस्तु घट्नुमा कतै सीमापारिबाट वस्तु भित्रिरहेको छैन भन्ने आशंका उनको छ । सीमापारिबाट भित्रिने यस्ता वस्तुहरु रोक्नका लागि सीमा प्रशासन र भन्सार मिलेर समाधानमा गर्नुपर्नेमा उनको जोड रहेको छ । त्यस्तै अर्का अर्थविद् डा. स्वर्णिम वाग्लेले विश्व अर्थतन्त्र मन्दीमा जाने देखिएको आकलन समेत गरे । उनले सन् २००८ मा विश्वमा आर्थिक मन्दी देखिएको थियो ।

सन् २०२३ देखि नीतिगत समन्वय गर्न नसक्ने हो भने अर्थतन्तन्त्र झनै तल खस्किने अवस्था देखिएको भन्दै भयाभहको अबस्था रहेको दाबी गरे । उनले ‘नेपाल विश्व अर्थतन्त्रसँग प्रत्यक्ष वैदेशिक लगानी, निर्यात, पर्यटनमा कम निर्भर छ, मुख्य स्रोत रेमिट्यान्स हो । जुन सन्तोषजनक देखिएको बताए । बताउदै क्षेत्रीय अर्थतन्त्रका कारण त्यति जोखिम भने नहोला ।’

उनले नेपाल भित्र उठाएको राजस्वले चालू खर्च धान्न सक्ने देखिएको अवस्था देखिए पनि अनुदान भने सोचेजस्तो उठाउन नसकेको बताए । ‘ऋण बढ्दैछ, ५५ अर्ब अनुमान गरेको अनुदान ५ अर्ब उठेको छ, आगामी बजेटमा यति ठूलो अनुमान नगरौ,’ उनले भने, ‘चालु खर्च तीब्र छ, पूँजीगत खर्च कम छ, यो चिन्ताजनक अवस्था हो, थाती राखेका सुधारका काम गर्नुपर्छ ।’

उनले संक्रमण भन्दै पन्छाएको ठूलो कर्मचारी संऋयामा पुर्नविचार गर्नुपर्ने बताए । श्रीलंकाले सेनाको संख्या कटौती गरेको भन्दै स्टन्डका लागि नभई, क्रमशः चालु र पूँजीगत खर्चको ग्याप कम गर्न लाग्नुपर्ने उनले बताए । उनले सामाजिक सुरक्षामा मात्रै २ खर्ब खर्च हुने भन्दै त्यसलाई थेग्न नसकिने बताए । सामाजिक सुरक्षामा हुने खर्चलाई विश्लेषण गर्न आवश्यक रहेको उनले बताए ।

उनले खर्च पुनरवलोकन आयोगका सुझाव सम्बोधन गर्नुपर्ने, सार्वजनिक संस्थान रिफर्म गर्नुपर्ने बताए । ‘समग्र बजेटको आकार किन बढायौ रु,’ उनले भने, ‘यसलाई विश्वसनीय बनाउँदै राजस्व र खर्चलाइ यथार्थपरक बनाउनुपर्छ ।’ उनले अर्थमन्त्री विष्णु पौडेललाई राजस्व बढाउने, खर्च घटाउने गरि टाक्स फोर्स बनाएर काम गर्न सुझाव दिए ।

‘हामी नयाँ अभ्यासमा जाउँ । निर्यात धेरै कमजोर भयो, आजको भोलि नै यसमा कायापलट हुन्न, १०र१५ वर्षका योजना बनाएर जानुपर्छ,’ उनले भने, ‘ निर्यातमा राज्यले सहयोग गर्दै जुन क्षेत्रमा सम्भावना छ, त्यसमा जग हालौ, रेमिटान्समा अझै ८र१० वर्ष निर्भर रहने अवस्था छ ।’ उनले अर्थमन्त्री पौडेललाई पर्यटनमा क्षेत्रमा ध्यान दिन सुझाव दिए ।

ग्रील तथा स्टील ब्यवसायी महासघका अध्यक्ष मोहन कटुवालले अबको सरकारले अर्थतन्त्र चलायमान बनाउन आयात प्रतिस्थापन गर्न र निर्यात प्रबर्द्धन गर्न मुख्य भुमिका खेल्नु पर्ने बताए । उनले उत्पादनमुलक घरेलु तथा साना उद्योगको प्रबर्द्धन गर्न सहुलियत र सरल बित्तिय पहुचलाई बढाई नबिनतम प्रबिधी भित्राउन विशेष सहयोग गर्नु पर्न समेत सरकारलाई सुझाब दिए ।

अध्यक्ष कटुवालले भने,‘स्वदेशी उत्पादनलाई बढाउने र स्वदेशमै प्रयोग गर्ने बाताबरण बनाउनु पर्ने र अनावश्यक खर्च सरकारले कटौती गरेर आम जनतालाई सहज रुपमा सेवा सुविधा दिनुको विकल्प छैन ।’ उनले जव सरकारले साना उद्योग र साना लगानीकर्तालाई सहज हुने खालको नीति ल्याउदैन तबसम्म देशको अर्थतन्त्रमा सुधार समेत आउन नसक्ने बताए ।

ठूला लगानीकर्ताहरुको सरकारसंग प्रत्यक्ष सम्र्पक हुन्छ, सरकारी सुविधा उनीहरुलेमात्रा उपभोग गर्दै आएका छन तर बजारमा अहिले साना उद्योगबाट उत्पादन भएका सामान बढी रहेको छ तर बैंकको दवाव पनि साना उद्योगीहरुले सहनु परेका कारण अब साना उद्योगधन्दा मैत्री नीति बनाउन समेतमा जोड दिए ।

अध्यक्ष कटुवालले भने,‘बजारमा ठूला उद्योगीहरुले सवै आयात गरेका सामानको बिक्री गर्दै आएका छन्, तर साना उद्योगीहरुले नेपालमै लगानी गरेर नेपालमै उत्पादन गरेर देशको अर्थतन्त्रमा विशेष भुमिका खेलेको छ, ठूला उद्योगीहरुले नेपालबाट सामान खरिद गर्न विदेश पैसा पठाएका छन् भने सान उद्योगीहरुले विदेशबाट नेपालमा पैसा ल्याउन सफल भएका छन्, सरकारले नीति बनाउदाँ ठूलालाई भन्दा सानालाई प्राथमिकतामा राख्नु प¥यो ।’ बुधबार राजधानीमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रममा सो कुरा बताएका हुन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

 

 

तीव्र अपडेट