तस्करी धन्दामा पाथीभरा ट्रान्सपोर्ट संलग्न : गोदाममा भेटियो तस्करी सामान

- January 16, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

वीरगन्ज : वीरगन्जको एक ट्रान्सपोर्टमा तस्करीको सामान फेला परेपछि प्रहरीले सिल गरेको छ।

वीरगन्ज महानगरपालिका-१० आदर्शनगरस्थित राजेश मल्लिकले सञ्चालन गरेको श्री पाथीभरा ट्रान्सपोर्ट प्रहरीले सिल गरेको हो।

ट्रान्सपोर्टमा भारतबाट भन्सार राजश्व छलेर ल्याइएका सामानहरू भण्डारण गरेको सूचना पाएर वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा आइतबार राति खटिएको प्रहरी टोलीले गोदाममा खानतलाशी गरेको थियो।

त्यसक्रममा राजश्व छलेर भित्रयाइएका कपडा, हार्डवेयर, चकलेट लगायतका सामान फेला परेपछि उक्त ट्रान्सपोर्ट सिल गरिएको प्रहरी निरिक्षक मल्लले जानकारी दिए।

ट्रान्सपोर्ट सिल गरेर यसबारे राजश्व अनुसन्धान कार्यालय पथलैयामा खबर गरिसकिएको उनले बताए। यसपछिको आवश्यक प्रक्रिया राजश्व अनुसन्धान कार्यालयले नै अगाडि बढाउने मल्लले जानकारी दिए। -अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!