राजाको नेतृत्वमा तारकेश्वर भिजिट ग्रुपको टिस्टुङ पालुङ भ्रमण सम्पन्न

- January 5, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नेपाल चलचित्र कलाकार संघका महासचिव एबम नेपाल सास्कृतिक संघका केन्द्रिय सह-महामन्त्री चेत बहादुर राजाको नेतृत्वमा तारकेश्वर भिजिट ग्रुपका सदस्यहरुको टिस्टुङ भ्रमण सम्पन्न भएको खबर प्राप्त भएको छ।

मकवानपुरको पर्यटकियस्थल टिस्टुङ पालुङको आन्तरिक पर्यटन प्रबर्द्धन समेत गर्ने उद्धेश्य अनुरुप यो समूहले भ्रमण आयोजना गरेको संयोजक राजाले बताए । उक्त ग्रुपमा तिर्थ थापा, एच के अर्याल, बेद सुवेदी, ईश्वर अमागाइ,नरहरी गौतम, निराजन, सागर, युदेश खतिवडा लगायतको सहभागिता रहेको थियो ।

थुप्रै चलचित्रमा सशक्त अभिनय गरेका राजाले केही चलचित्र समेत निर्माण गरिसकेका छन। पछिल्लो समयमा समाजसेवामा समेत सक्रिय उनले छिट्टै नयाँ प्रोजेक्टको तयारीमा रहेको समेत जानकारी दिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!