भृकुटीमण्डपमा जारी जुत्ताचप्पल मेलामा अबैध व्यापार

- December 18, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

छ महिनाको ग्यारेन्टी, ३५ सय असुली –एक दिनमै च्यातियो…..

काठमाडौं । चीन र भारतको सिमावर्ति क्षेत्रबाट अबैध रुपमा चोरी पैठारी गरी नेपाल भित्राएका अधिकाशं जुत्ताचप्पलाई स्वदेशी उत्पादनको स्टिकर टाँसेर बाह्रै महिना मेला लगाउदै बिक्री गरिदै आएको छ । कहिले कुन संस्था त कहिले कुन संस्थाको नाममा राजधानीको भृकुटीमण्डपको चौरमा बाह्रै महिना जुत्ताचप्पलको मेला लगाएर खुला रुपमा उपभोक्ता ठगी गर्दै करोडौ रुपैयाँ कर र राजश्व समेत छली हुदै आएको छ ।

एकातर्फ अब वर्षमा २ वटामात्र मेला गर्ने भन्दै उपभोक्तालाई भ्रम छरेर दैनिक मेला लगाई चोरीपैठारी गरिएका गुणस्तहिन जुत्ताचप्पलाई व्यापारीले अत्याधिक मंहगो मुल्य निर्धारण गरेर बिक्री गरिदै आएको छ । बाहिर बजारमाभन्दा २ गुना मंहगो मुल्य राखि बिक्री गरिदै आएका जुत्ताचप्पलहरु उपभोक्तालाई न्यूनतम ६ महिनाको ग्यारेन्टी दिएको बताएपनि १ दिनमै च्यातिएको दुःखेसो पीडित उपभोक्ताले गरेका छन् ।

र यो पनि…

भृकुटीमण्डप जुत्ता मेलामा ठगी : सरकारी निकाय मौन वारेण्टीमै किचलो, भ्याट छली

जुत्ताचप्पल मेलामा विदेशी स्टिकर स्वदेशी उत्पादनको हुँकार

भृकुटीमण्डप बन्यो कर चुहावटको केन्द्र : मेलाको नाममा दैनिक करोडको छली

फुटवेयर म्यानुफ्याक्चर्सका विरुद्ध व्यवसायी : जुत्ता कम्पनीले नै मेला लगाएपछि खुद्रा व्यापारीको रोइलो

पचास प्रतिशत छुटमा जुत्ताचप्पल बेच्दा बास्तविक मुल्य कति ?

भृकुटीमण्डप मेलामा गुणस्तहिन जुत्ताचप्पलः सरकारी निकाय मौन, उपभोक्ता ठगीमा

जुत्ता किन्दा होसियार : नेपाली ब्राण्डको नाममा यो कम्पनीको ठगी

च्यातिएको जुत्ता समेत बोकेर तीव्रखबरको कार्यालयमा आएका उपभोक्ताहरुले स्वेदेशी जुत्ताचप्पलको नाममा ठगी भएको र आफुहरु लुटिएको गुनासो गरेका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित ठूलोचौरमा जारी ‘जाडोमा न्यानो जुत्ता चप्पल व्यापार मेला’ नाम दिएर मेला चलाउदै आएको छ ।

गत कार्तिक २४ गतेदेखि सुरु गरिएको सो मेला यसअघि पनि लगाइएको थियो । फुटवयेर म्यानुफ्यक्चर्स एसोसियसन अफ नेपाल नामक सस्थाले बाह्रै महिना यसरी मेला लगाउदै आएको छ । फुटवयेर म्यानुफ्यक्चर्स एसोसियसनले कहिले स्टक रहेका जुत्ताचप्पल बेच्ने, कहिले दशैतिहार, निर्वाचन र कहिले जाडो मौसम, लगन तथा शुभ मुहुर्तलाई मध्यनजर गरी आयोजना गरेको भन्दै भ्रामक प्रचार गरेर उपभोक्तामाथी खुला रुपमा ठगीधन्दा समेत चलाएको आरोप लागेको छ ।

सो सम्बन्धमा फुटवयेर म्यानुफ्यक्चर्स एसोसियसनको कार्यालयमा सम्र्पक गर्दा कोही पनि सम्र्पकमा आएनन् । सो मेलामा यसरी खुला रुपमा एकातर्फ कर, राजश्व, आयकर र मुल्यअभिबृद्धि कर (भ्याट) मा ठूलो मात्रामा छली गरि उपभोक्ताबाट भ्याट असुली गर्दैै आएको समेत छ ।

आयोजकले मेलामा ५० प्रतिशतसम्मको छुटको भ्रामक प्रचार गरेर जुत्ताचप्पल बिक्री गर्दै आएइको छ । मेलामा ३ हजार भन्दा बढी प्रकारका जुत्ता चप्पलहरु प्रदर्शन एवं बिक्रीमा राखिएको भन्दै भ्रम फैलाउदै गुणस्तरहिन चोरीपैठारीका जुत्ताचप्पल मेलामा स्वदेशी उत्पादन भन्दै बेच्न राखिएको छ । सो मेलामा बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, स्मार्ट, स्टाइल, सिल नामक ब्राण्डको जुत्ता चप्पलको स्टलहरु राखिदै आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!