हेलम्बुको पोल्टामा महिला भलिबल प्रतियोगिताको उपाधी

- December 15, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मेलम्ची । सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बु गाँउपालिकाले जित हाँसिल गरेको छ । फाईनल खेलमा मेलम्ची लगरपालिकालाई पराजित गर्दै हेलम्बु गाँउपालिकाले उपाधि जित्न सफल भएको छ ।

हेलम्बु गाँउपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा दुई दिन सम्म चलेको प्रतियोगितामा चौतारा साँगाचोकगढि नगरपालिका तेस्रो र इन्द्रावती गाँउपालिका चौथो भएको खेल सञ्चालन समिति सदस्य श्याम शर्मा (एलसि) ले बताएका छन् ।

बिजेतालाई हेलम्बु गाँउपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले वितरण गरेका छन् । प्रतियोगीतामा हेलम्बु गाँउपालिका, मेलम्ची नगरपालिका, ईन्द्रावती गाँउपालिका र चौतारा साँगाचोकगढि नगरपालिका गरि ४ पालिकाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पहिलो हुने टिमले १ लाख ११ हजार १११ दोस्रो हुनेले ६५ हजार १११ तेस्रो हुनेले ३५ हजार १११ र चौथो हुनेले १५ हजार १११ प्राप्त गरेका छन् ।

हेलम्बुमा महिला भलिबल प्रतियोगिता


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!