सवै मतपत्रको गणना सकियो : एमालेको मत बढ्यो, काँग्रेसको घट्यो

- December 7, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । आफुलाई पुरानो र लोकतान्त्रिक पार्टीको प्रचार गर्दै आएको नेपाली काँग्रेस प्रत्यक आम निर्वाचनमा भोट बढाउने भन्दा पनि झनझन घट्दै गएको प्राप्त तथ्याङकले पुष्टी गरेको छ । उता सत्तामा हुदाँ अति राष्ट्रबाद बन्दै भाषण दिदै आएको नेकपा एमालेको मत भने बढ्दै गएको मतपरिमाणले देखाएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारले सम्पन्न गरेको मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना कार्य सकिएसंगै काँग्रेसको मत घट्दै गएको तथ्याङकले देखाएको छ । समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै निर्वाचन आयोगले थ्रेस होल्ड कटाउने राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सीट संख्या निर्धारण गरेर पठाएको छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ १ करोड ९ लाख मत खसेकोमा १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको जनाएको छ । समनुपातिक तर्फको ११० सिट बाँडफाँडमा भाग लाग्ने भएको छ भने थ्रेस होल्ड नकटाउने ४० दलले प्राप्त गरेको १२ प्रतिशत अर्थात १२ लाख ८८ हजार ३ सय ५६ अर्थात १२ प्रतिशत मत खेर गएको जनाएको छ ।

४० दलमध्ये सबैभन्दा बढी २ दशमलव ८२ प्रतिशत अर्थात २ लाख ९८ हजार ३ सय ९१ मत प्राप्त गरेको नेकपा (एकीकृत समाजवादी) को मत खेर गएको छ । सबैभन्दा बढी नेकपा (एमाले) ले थ्रेस होल्ड कटाउने ७ दलको मत जोडेर आउने हिसावको ३० प्रतिशत मत प्राप्त गरेर ३४ सिट प्राप्त गरेको छ ।

दोस्रोमा नेपाली कांग्रेसले २९ प्रतिशत मत प्राप्त गरेर ३२ सिट प्राप्त गर्ने भएको छ । नेकपा (माओवादी केन्द्र) ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सीट प्राप्त गर्ने उल्लेख छ । उनीहरुले प्राप्त गर्ने सिट संख्या उल्लेख गर्दै आयोगले थ्रेस होल्ड कटाएर राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने ७ वटा मात्र दललाई पत्राचार गरेको छ ।

ती दलले ३ दिनभित्र आफूले प्राप्त गरेको सीट संख्या अनुसारको उम्मेदवारको नामावली तोकिएको क्लस्टरअनुसार पेस गर्न समेत समयसिमा दिएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फको सीट संख्या आधारमा प्रतिनिधिसभामा कांग्रेस प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सीटसहित ८९ सीट प्राप्त गर्दै सबैभन्दा ठूलो दल भने बन्न पुगेको छ ।

दोस्रोमा नेपाल (एमाले) ले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सीटसहित ७८ सीट प्राप्त गरेको छ । कांग्रेसभन्दा एमाले ११ सीटले कम हुन पुगेको छ । नेकपा (माओवादी केन्द्र) ले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरेर जम्मा ३२ सीटमा खुम्चिन पुगेको छ । पहिलोपटक चुनाव लडेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ ७ सीट र समानुपातिकतर्फ १३ सीट जितेर २० सीट प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ गरी १४, जसपाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरेर १२ सीट प्राप्त गरेका छन् । प्रत्यक्षतर्फ १ सीटमात्रै जितेको जनमत पार्टीले समानुपातिकतर्फ थ्रेस होल्ड कटाएर ५ सीटसहित ६ सीट पाएको छ । २०७४ को निर्वाचनमा ५ दलमात्रै राष्ट्रिय दल बन्न सफल भएका थिए ।

प्रत्यक्षको सीट जितेका ६ दलले भने थ्रेसहोल्ड कटाउन सकेनन् । १० सीट जितेको नेकपा एस राष्ट्रिय दल बन्न सकेन । लोकतान्त्रिक समाजवादी पार्टी ४ सीट, नागरिक उन्मुक्ति पार्टी ३ सीट, राष्ट्रिय जनमोर्चा १ सीट, नेपाल मजदुर किसान पार्टी १ सीटसहित संसदमा सहभागी हुने भएपनि उनीहरु राष्ट्रिय दलको मान्यता भने पाउन सकेनन् ।

५ जना स्वतन्त्र सांसद पनि यसपटक सदनमा आएका छन् । यसैबीच सीके राउत नेतृत्वको जनमत पार्टीले सत्तागठबन्धनलाई समर्थन गर्ने वित्तिकै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि सहज भने हुन पुगेको छ ।

नेपाली कांग्रेसले प्राप्त गरेको ८९ सीट, नेकपा (माओवादी केन्द्र) को ३२ सीट, नेकपा (एकीकृत समाजवादी) को १० सीट, लोकतान्त्रिक समाजवादी पार्टीको ४ सीट, राष्ट्रिय जनमोर्चाको १ सीट जोडेर १३६ सीट पुग्ने छ छ । नपुग सिटमा जनमत पार्टीको ६ सीट लिएको खण्डमा सत्ता गठबन्धनलाई सरकार गठनका लागि १४२ सीट पुग्नेछ । १३८ सीटमा सरकार बनाउन चाहिन्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!