सेटिङमै हुन्छ राजस्व छली : सरकारको नियन्त्रण बाहिर कारोबार

- December 3, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारले भन्सार नाकाबाट हुने अबैध कारोबार रोक्ने विभिन्न योजनाहरु ल्याएपनि कर्मचारी र व्यवसायीकै मिलेमतोमा दैनिक ३ अर्ब रुपैयाँभन्दा बढीको अबैध सामान नेपाल भित्रने गरेको छ । सरकारले राजस्व अन्तरगतका कर्मचारीलाई दिइदै आएको प्रोत्सान भत्तालाई घटाएपछि भन्सार कर्मचारी र व्यवसायीबीच गोप्य सहमती गरि भन्सार नाकामा ‘सेटिङ’ मिलाएर सामान छुटाउने कार्यलाई नियन्त्रण गर्न सरकार असफल भएको छ ।

अबैधरुपमा कानून विपरित कर्मचारी र व्यवसायीको मिलिमतोमा विशेष ‘सेटिङ’ मिलाएर विना चेकजाँच ‘भन्सार प्रज्ञापन पत्र ’ दिई छुटाउने गरेको पाईएको छ । नाम नछाप्ने सर्तमा केरुङ नाकाबाट कारोबार गर्ने एक व्यवसायीले भने,‘थोरै सामान आयात गर्ने बेला पुरै कर बुझाउने तर, ४ वटाभन्दाबढी ट्रकमा सामान ल्याउने समयमा आफुले भनेको भन्सार कर्मचारीलाई सामान जाँच्नकालागि खटाउने गरेका छन् ।’

सो अबैध कार्यमा प्रतिबन्धित सामानको आयात गर्ने बेलामा समेत भन्सार कार्यालयका भन्सार प्रमुखहरुले नै चेकजाँचमा जाने गरेको आरोप समेत ती व्यापारिले लगाएका छन् । व्यापारिका अनुसार चीनको केरुङ भन्सार नाकाबाट प्रतिबन्धित सामान ल्याउने समयमा एकतर्फी रुपमा सम्बन्धित व्यवसायीका कन्टेनर भ्यान बाहेक अन्यलाई भन्सार यार्डमा रोक लगाई सामान चेकजाँच गर्ने गरेको आरोप लगाएका छन् ।

अस्थिर राजनीतिकको मौका छोप्दै भन्सार कार्यालयमा कर्मचारी र व्यवसायीको सेटिङमा करोडौ राजस्व छली हुदै आएको छ । अर्थ मन्त्रालयले व्यापारीको दबाबमा भन्सार नाकाहरुबाट अत्याधिकमात्रामा सो अबैध करोबार हुने गरेको बताएपनि कारबाहीकालागि भने कुनै कार्य अगाडी बढाएको छैन् ।

ढिला गरि प्राप्त समाचार अनुसार भन्सार नाकाबाट अबैध सामानको आयातमा अत्याधिक रुपमा वृद्धि भएको स्थानिय व्यवसायीहरुले बताउदै आएका छन् । कर्मचारी सरकारले आर्थिक वर्ष २०७०÷०७१ को बजेटबाटै थानकोट र धुलिखेलस्थित राजस्व अनुसन्धान विभागको चेकपोस्ट हटाएपछि सो सेटिङबाट अबैध सामान काठमाडौं भित्राउन थप सहज हुदै गएको छ ।

चेकपोस्ट हटेपछि व्यापारीले राजस्व अनुसन्धान विभाग र भन्सार कार्यालयका अधिकारीसँग ‘सेटिङ’ मिलाएर प्रज्ञापनपत्रमा कम मूल्य देखाई राजस्व छली गर्ने गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार बिशेषगरि केरुङ नाकाबाट ट्रक तथा कन्टेनर छाड्दा विभागको सघन गस्ती अनेत्र जाने गरेका छन् ।

अबैध सामान आयात गर्ने दिन प्रमुख भन्सार अधिकृत नै कार्यकक्ष छोडी अनेन्त्र जाने गरेको समेत आरोप लागेको छ । भन्सार कर्मचारीको मिलेमतोमा नेपाल सामान भित्रयाउने अवैध फर्ममा रामायण ग्रुप, जिएन इन्टरप्राइजेज, एसकेजे इन्टरनेशनल बिजनेस प्रालि, गोसाइँकुण्ड इन्टरनेशनल बिजनेस प्रालि, जुगल इन्टरनेशनल प्राइजेज, सिन्धु इन्टरनेशनल बिजनेस प्रालि, कान्तिपुर बिजनेस ग्रुप, अरनिको ग्रुप, साइनो बिजनेस ग्रुप, साइनो मेस, सदाबहार मेस, क्षमादेवी मेस, शिल्क ग्रुप रहेको स्थानीय व्यवसायीहरुले बताएका छन् ।

पटक–पटक राजस्व अनुसन्धान विभागले सो नाकाबाट छुटेका मालवहाक कन्टेनर भ्यानलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको बताएपनि कारबाह िभने अझै कोही कसैलाई गरिएको छैन । चीनसँगको व्यापारिक नाका तातोपानी र केरुङबाट हुने व्यापारमा चोरी तस्करी बढनथालेपछि त्यस्तो कारोबार नगर्न व्यापारीलाई तत्कालिन समयमा उच्चस्तरीय राजस्व चुहावट नियन्त्रण अनुगमन समितिले निर्देशन दिएपनि सो निर्देशनको कुनै कार्यान्वयन भएको छैन ।

भन्सार छली र चोरी तस्करीका कारण बद्नाम बनेको तातोपानी र केरुङ भन्सारमा सो निर्देशनलाई बेवास्था गर्दे कर्मचारीद्वारा अबैध सामान छुटाउने गरेको आरोप लाग्दै आएको छ । हाल तातोपानी भन्सार नाका आंशिकमात्रा सञ्चालनमा आएको छ । भन्सारबाट राजस्व नतिरी नक्कली कागजमा मुल्यअभिबृद्धि कर (भ्याट) तिरेको व्यहोरा बनाएर कारोबार गर्ने व्यवसायी र सो कागजात बनाउने कार्यमा कर्मचारीकै संलग्नता हुदै आएको छ ।

भन्सार नाकामा हुने समस्या र चोरी तस्करी नियन्त्रणका लागि उच्चस्तरीय राजस्व चुहावट नियन्त्रण टोली परिचालित भई रहे पनि सो टोलीले चुहावट र सेटिङलाई नियन्त्रण गर्न नसक्दा भन्सार राजस्व संकलनमा प्रत्यक्ष असर पुग्दै आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!