निर्माता सन्तोषद्वारा ५ करोड ठगी : फिल्मको डिजिटल राईटस् दिन्छु भन्दै रकम असुली

- December 2, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । चर्चामा रहेको फिल्म ‘प्रेम गीत ३’ निर्माता सन्तोष सेनले ५ करोड रुपैयाँ ठगी गरेको भन्दै कारबाहीको माग राख्दै उजुरी परेको छ । सिक्किमका रामगोपाल राईले सेनविरुद्ध चलचित्र निर्माता संघमा ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाउदै उजुरी दर्ता गराएका छन् ।

फिल्मको डिजिटल राईटस् दिन्छु भनि आफूसँग पैसा लगेको र पटक–पटक डिजिटल राइटका लागि फिल्मको कपी माग्दा नदिएको राईले उजुरी पत्रमा उल्लेख गरेका छन् । ‘विपक्षी र मेरो बीचमा डिसेम्बर ६, २०२० अर्थात् नेपाली मिति २०७७ मसिर २१ गते सम्पन्न भएको सम्झौता शर्त अनुसार विपक्षीले पूरा नगरी उल्लंघन गरेको पूराका लागि फोनवाट बारम्बार ताकेता गर्दा फोन नउठाउने, विपक्षीको घरमा जाँदा भेटसम्म नदिएकोले विपक्षीले म बाट लिएको उल्लेखित रकम अनुचित तरिकाले पचाउने दूषित नियत देखिएकोले विपक्षी यस संघको सदस्य समेत भएको कारणले विपक्षीलाई यस संघमा झिकाइ सम्झौता अनुसारको काम गर्न गराउन माग गरेका छन ।

उजुरीमा अगाडी लेखिएको छ म बाट लगेको भारतीय रकम रुपैयाँ ३ करोडको हुन आउने नेपाली ४ करोड ८० लाख रुपैयाँ र विपक्षी लगायत उक्त चलचित्रका नायक प्रदीप खड्का, ललित विष्ट र विपक्षी समेतलाई मुम्बई जाँदा प्लेनमा लगेको टिकटको रकम ४ लाख ५० हजार रुपैयाँ सहित जम्मा ४ करोड ८४ लाख ५० हजार रुपैयाँ विपक्षीबाट असुल उपर गराइ न्याय दिलाई पाउँ’ राईले निर्माता संघमा दिएको उजुरीमा उल्लेख छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!