विश्वकपको समूह चरणका अन्तिम खेलहरु हुदै

- December 2, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा आज (शुक्रबार) बिभिन्न चार खेलहरुको अन्तिम खेल खेलाईदै छ । आज (शुक्रबार) समूह ‘एच’ र ‘जी’ का अन्तिम खेलहरु हुन लागेका छन्। आज (शुक्रबार) हुने समूह ‘एच’ पहिलो दुई खेलहरुमा दक्षिण कोरियाले पोर्चुगलसँग खेल्नेछ । सोही समयमा हुने अर्को खेलमा घानाले उरुग्वेको सामना गर्नेछ ।

आजको खेलमा समूह ‘एच’को एक टोलीको विश्वकप सम्भावना निर्धारण गर्नेछ । दुबै खेल नेपाली समय अनुसार राति ८ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ । यस समूहबाट पोर्चुगल एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । आजको खेलमा जित निकाल्दै घाना अघिल्लो चरण प्रवेश गर्ने योजनामा हुनेछ ।

उरुग्वेलाई पनि जित निकाल्दै पर्ने बाध्यता छ । यसै समयमा हुने अर्को खेलमा पोर्चुगल जित निकाल्दै समूहमा अपराजित हुँदै समूह चरण अन्त्य गर्ने योजनामा छ । दक्षिण कोरियाको पनि सोही योजना छ । तर, घाना र उरुग्वेबीचको नतिजामा भर पर्नु पर्नेछ । आज नै हुने विश्वकपको समूह चरणका अन्तिम दुई खेलहरुमा सर्बीयाले स्वीजरल्यान्डसँग खेल्दा ब्राजिलले क्यामरुनको सामना गर्नेछ ।

समूह ‘जी’ को एक टोलीको अघिल्लो चरण प्रवेश सम्भावना निर्धारण हुनेछ । ब्राजिल यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । आजको खेलमा तिज निकाल्दै स्वीजरल्यान्ड प्रतियोगिताको नकआउट चरणमा पुग्ने योजनामा छ । यता क्यामरुन र सर्बीयाको पनि सोही लक्ष्य हुनेछ । दुबै खेल नेपाली समय अनुरास राति १२ बजेर ४५ मिनेटमा हुनेछन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!