बन्द कोठामा हुने लेनदेन छाडेमात्र अर्थतन्त्रको विकास हुन्छ : महामन्त्री थापा

- December 1, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रको विकासकालागि सरकारको नेतृत्व गर्ने सवैले बन्द कोठाभित्र हुने लेनदेनको अबैध कृयाकलाप छोडेमात्र अर्थतन्त्रको विकास हुने बताएका छन् । बाहिर अर्थतन्त्रको विकासको कुरा गर्ने तर भित्रभित्रै नीजि व्यवसायीहरुसंग खुला रुपमा बहस नगरि अध्यारो कोठाभित्र लेनदेनमा ध्यान दिएकै कारण अर्थतन्त्रको विकासमा अबरोध पुगेको उनको ठहर रहेको छ ।

अर्थतन्त्र यथास्थितिमा चल्दैन, आपतकालीन अवस्था आउन सक्छ भन्ने रियलाइज गरेर काम गर्नुपर्ने अवस्था रहेको महामन्त्री थापाले बताएका छन् । उनले विहिबार आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सबका अवसरमा सो कुरा बताएका हुन । थापाले भने,‘हामी निर्वाचनमा जसरी खटियौं, अबको नेतृत्वले अर्थतन्त्रमा त्यसैगरी काम गर्नुपर्छ भन्ने विषयमा गहन रुपमा खुला रुपमा नीजि क्षेत्रसंग एकमुष्ट बहस गरेर निर्णय गर्नुको विकल्प छैन ।’

कांग्रेसका महामन्त्री थापाले दलहरुले वृद्धभत्तामा प्रतिस्पर्धा गरेकोप्रति आलोचना गरेका छन् । वितरणका लागि गरिने प्रतिस्पर्धाले मुलुकलाई दुर्घटना निम्त्याउने समेत देखेको बताए । उनले भने,‘सबैभन्दा सजिलो काम हो, कहाँबाट ल्याउछु भनेर उत्तर दिनु नपर्ने दिन्छु भनेपछि थपडि बजाउने, अब नयाँ आउने प्रधानमन्त्रीले एक बर्षभित्र अर्थतन्त्र सुधारको योजना ल्याउनुपर्छ, मलाई त अब प्रतिस्पर्धाको बेलामा ५० वर्षमा नै वृद्धभत्ता दिन्छन् की जस्तो लागेको छ ।

प्रतिस्पर्धा भनेको छ, देखाइदिन्छौं भनेको छ ।’ उनले रोजगारी सिर्जना गर्न लाग्नुपर्ने बेलामा वितरणमुखी कामका लागेको उनको भनाइ छ। उनले स्थानीय तहमा समेत कसले धेरै पैसा बाँड्ने ? भन्ने प्रतिस्पर्धा चल्ने गरेको बताए । सोही कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आर्थिकका विषयमा भन्दा पनि उनले अब बन्ने सरकार दिगो नहुने विषयमा बढी केन्द्रीत भएका थिए ।

उनले यही परिस्थितीमा सरकार बनेपछि पाँच वर्षसम्म संसद चल्नेमा आफूलाई शंका भएको बताए । उनले भने, ‘यसपटकको जनादेश जुन रुपमा प्रकट भएको छ । यसबाट स्थिर सरकार बन्दैन भन्ने स्पष्ट छ। यसले अस्थितालाई नै निरन्तरता दिने देखिएको छ। यो मुलुकको लागि दुभाग्र्यपूर्ण कुरा हो ।

हामी कुनै एउटा पार्टीले बहुमत ल्यावस् भन्ने चाहन्थौँ । तर, त्यसो नभएपछि राजनीतिक स्थिरताको आशा गर्ने ठाउँ छैन। यही अवस्थामा पनि सरकार बनेर पाँच बर्ष संसदको कार्यकाल पुरा गरोस् । तर, लक्ष्यण देखिएको छैन ।’ उनले कुनै पनि सरकारको कार्यकालमा मुलुकको अर्थतन्त्रले कस्तो उलपब्धि हासिल गर्यो भनेर तथ्यगत अध्ययन गर्नुपर्नेमा जोड दिए । आर्थिक क्षेत्रको संकट अहिलेको जस्तो कहिल्यै नभएको उनले दाबी गरे। अर्थतन्त्र संकटमा पर्नको कारण क हो भन्ने पहिचान गरेर सबैले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!