देशकाे अर्थतन्त्र संकटग्रस्त छ भन्नू आराेपमात्र हाे : अर्थमन्त्री शर्मा

- December 1, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र संकटग्रस्त अबस्थामा छ भनेर गलत प्रचार गरेको बताएका छन् ।  बिहिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को वार्षिकोत्सबको कार्यक्रममा सो कुरा बताएका हुन । उनले सरकारलाई धरासायी बनाउनकै लागि देशको अर्थतन्त्र संकटमा रहेको गलत प्रचार गरेको दावी गरे ।

उनले अर्थतन्त्रको बिकासमा अबरोध पुगेको हो र चुनौति पनि छ, यसो भन्दैमा संकटमा भने नभएको बताए ।  अहिले केही चुनौतीको सामना अर्थतन्त्रले गरिरहेको भन्दै उनले यसलाई संकट भन्न नमिल्ने तर्क गरे सेजनको २६औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थ मन्त्री शर्माले सङ्कटमा छ भन्नु नबुझ्ने कुरा हो, चुनौती छन्, त्यसको सामना गर्ने उपाय खोज्नु पर्छ ।’

आर्थिक सूचकांकले समेत यस्तै संकेत गर्ने उनको भनाइ छ । मुलुकको अर्थतन्त्रको विशेषतालाई बुझ्न समेत उनले आग्रह गरे । नेपालको अर्थतन्त्र ह्वात्तै घट्ने र सिधै माथि जाने अवस्था नरहेको उनले बताए ।

यद्यपि राजस्व संकुचन र उत्पादन वृद्धि हुन नसकेको उनले स्वीकार गरे । नेपालको अर्थतन्त्रकोभविष्य उज्ज्वल रहेको भन्दै उनले अब नेपालले क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताए । अब बन्ने सरकारले संस्थागत समृद्गिमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!