काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी

- November 23, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी भएका छन् ।

केसी १४ हजार ४५८ मतसहित विजयी भएका हुन । केसीका  प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत पाउनु भए भने रास्वपाका प्रदीप विष्टले ८ हजार ७३६ र माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत पाएका छन् ।

केसी यसअघि भएका दुई निर्वाचनमा पनि विजयी भएका थिए ।

त्यसैगरि काठमाडौं १०(१) बाट प्रदेशसभा सदस्यमा कांग्रेसका पुकार महर्जन विजयी भएका छन् । महर्जनले राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटालाई २ हजार ६८२ मतले पराजित गरेका हुन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!