विश्वकप फुटबल प्रतियोगिता आजबाट सुरु

- November 20, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । फिफा विश्वकप २०२२ कतारमा आज (आइतबार) बाट सुरु हुँदैछ । पहिलो पटक मुस्लिम मुलुकमा आयोजना हुन लागेको विश्वकपमा आयोजक कतार र इक्वेडरबीच उद्घाटन खेल हुने कार्यक्रम तय भएको छ । समूह ‘ए’ को खेल नेपाली समय अनुसार दोहास्थित अल वेत मैदानमा राति पौने ९ बजे सुरु हुने तालिका रहेको छ ।

पहिलो दिन एक खेल मात्र हुने छ । दुबै टोली पहिलो खेल जित्दै विजयी सुरुआत गर्न चाहन्छन् । यस समूहमा नेदरल्यान्डस् र सेनेगल समेत छन् । कतार आयोजकको नाताले पहिलो पटक विश्वकपमा सहभागी भएको हो । मध्यपूर्वी एसियाको सानो देशमा हुने विश्वकपले सन् २०१० बाट नै निकै विवादको सामना गर्नुपरेको थियो ।

युरोप, दक्षिण अमेरिका, उत्तर अमेरिका, एसिया, अफ्रिका र आसियान क्षेत्रबाट उत्कृष्ट २३ टोलीले विश्वकपमा सहभागी जनाउनेछन् । जहाँ, इरान बाहेक सम्पूर्ण टोलीले २६ खेलाडी दर्ता गराएका छन् । कतारको प्रशिक्षकमा फेलिक्स सान्चेज छन् । ४६ वर्षीय स्पेनिस प्रशिक्षकले कतारलाई ५–४–१ को रणनीतिमा मैदान उतार्नेछन् ।

इक्वेटरविरुद्ध खेल्नुअघि कतारले पाँच देशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ कतारले सबै खेल जितेको छ । इक्वेडरविरुद्ध कतारको हसन अल हैदुस मुख्य खेलाडी हुनेछन् । मुस्लिम मुलुक कतारले रंगशालामा मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । कतारले विश्वकपमा ६४ खेलहरु ८ रंगशालामा आयोजना गर्नेछ ।

मुख्य आठ रंगशालामा रहँदा सहभागी टोलीले अभ्यासको लागि अन्य मैदानको प्रयोग गर्नेछन् । कतारले विश्वकपको लागि ८० हजार दर्शक क्षमताको लुसेल आइकोलिन रंगशाला बनाएको छ । ६० हजार क्षमताको अल वेत रंगशालमा छ । यसैगरी ४० हजार दर्शक क्षमताको एडुकेसनल सिटी रंगशाला, अहमद विन अली रंगशाला, खलिफा अन्तर्राष्ट्रिय रंगशाला, अल–थुमामा रंगशाला, स्टेडियम ९७४, अल–जनोब रंगशालामा खेल हुनेछन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!