यूएईविरुद्धको खेलमा नेपालको जित

- November 18, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । युनाईटेड अरब ईमिरेट्स (युएई) लाई ६ विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमले तीन खेलको एकदिवसीय श्रृङखला २–१ ले जितेको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको नेपालले ४० दशमलव १ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १ सय ८० रन बनाएको छ ।

शुक्रवार सम्पन्न श्रृङखलाको निर्णायक खेलमा नेपालका आरिफ शेखले उत्कृष्ट प्रदर्शन गरेका छन् । आसिफले अविजित ८८ रनको इनिङ खेले ।उनले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग १ सय २२ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र ३४ रन बनाएर आउट भएका थिए । यस्तै, कप्तान रोहित पौडेलले १० र अर्जुन साउदले ९ रन बनाए ।

यूएईको बलिङमा हजरत बिलाल आर्यान अफ्जल खान यसअघि, ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा १ सय ७६ रनको योगफल तयार गरेको थियो । तीन ओभरको समाप्तिमै महत्त्वपूर्ण तीन विकेट गुमाएको यूएईका लागि कुलश भुर्तेलको बलमा बोल्ड आउट हुनु अघि अलिसन शरार्फुले ३३ रन बनाएका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!