स्थानिय जनप्रतिनिधीहरुको हर्कत : घट्टेखोला छोप्दै महलदेखि फुटवल ग्राउण्डसम्म निर्माण

- November 18, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । टुकुचा खोला नेपालको नाप नक्सा नभएकै बेला ‘जमिनमूनि पारिएको भएतापनि त्यसलाई उत्खनन् गर्नु पर्छ र खोलालाई खुल्ला आकाशमूनि बग्न दिनु पर्छ’ भन्ने माग चौतर्फी उठिरहेकै बेला काठमाडौं महानगरपालिकासंग जोडिएको चन्द्रागिरीमा भने धमाधम खोला लुकाउन त्यहाँका पूर्वजनप्रतिनिधी, अहिलेका जनप्रतिनिधीदेखि भूमाफियाहरु समेत सक्रिय रुपमा लागि परेको फेला परेको छ ।

भू–माफियाले जग्गालाई विभिन्न तबरबाट कव्जामा लिई आफुखुशी भोगचलन गर्दै आएको अबस्थामा जग्गा प्लटिङ्गदेखि न्युनतम मापदण्ड र आचारसंहिता समेत पालना नगरी स्थानीय खोला अतिक्रमण तथा पुरपार गरेर जग्गा निकाली चन्द्रागिरी नगरपालिकामा विजनेश कम्प्लेक्स नै बनाएको प्रमाणसहित तीव्रखबरले प्रकाशन गर्दै आएको छ ।

प्राप्त कागजात अनुसार चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ कन्चनवस्तीमा रहेको घट्टेखोलालाई अतिक्रमण गरेर निर्वतमान वडाध्यक्ष सन्तोष खड्काले नै सरकारी जग्गा हड्पेर मातातिर्थ मल नामक विजनेश कम्प्लेक्स बनाएका छन् । साथै उनले यसरी घट्टेखोलालाई छोपेर मल निर्माण गरेसंगै उनको मल संगैको सार्वजनिक जग्गामा फुटवल ग्राउण्ड बनाउने नाममा खोला लुकाइएको भेटिएको छ ।

स्थानियबासी र भूमाफियाले मात्र होइन चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधीहरुले नै खोला छोप्दै फुटवल ग्राउण्ड निर्माण गर्नुले स्थानिय जनप्रतिनिधीहरु कतिसम्मको हर्कत गर्न पछि पर्दैनन् भन्ने कुराको पुष्टि सोही खोला पुरेर निर्माण गरिएको फुटवल ग्राउण्डले समेत गरेको छ ।

गएको स्थानिय निर्वाचनमा सार्वजनिक जग्गा र छोपिएको खोलाको साथै सोही घट्टेखोलालाई उत्खनन गर्ने मुख्य एजेण्डा बनाएर विजयी भएका वडाध्यक्ष प्रल्हाद रिजाल, वडासदस्य विजय श्रेष्ठले अधिकार प्राप्त भएपछि सो एजेण्डा भूलेको स्थानिय बासिन्दाको गुनासो रहेको छ । उनीहरुले सार्वजनिक र खोलाको जग्गा हड्प्नेलाई सार्वजनिक गरि कारवाही गर्न समेत आफु लागि पर्ने भन्दै भोट मागेका श्रेष्ठ र रिजाल अहिले ति प्रतिवद्धतालाई विर्सिएर गोप्य रुपमा तिनै भूमाफियासंगको मिलेमतोमा सक्रिय हुँदै अहिले सो जग्गा खोज्ने तर्फ कुनै ध्यान समेत नदिएको नाम नलेख्ने शर्तमा उनी निकट एक कांग्रेसकै सदस्यले आरोप लगाएका छन् । नया जनप्रतिनिधीहरु आएको ६ महिना वितिसक्दा समेत कुनै माखो मार्न नसकेको भन्दै स्थानीयहरु आक्रोशित बनेको बताइएको छ ।

स्थानिय जनप्रतिनिधीहरुले भने पूर्व वडाध्यक्ष सन्तोष खड्कादेखि अन्य व्यक्ति एवं भूमाफियाहरु समेतले अतिक्रमण गरेको अधिकांश जग्गा सार्वजनिक भएको स्वीकार्दै आएका छन् । चन्द्रागिरी नगरपालिका भित्र भएको सार्वजनिक जग्गा र खोला अतिक्रमणप्रति स्थानिय र जनप्रतिनिधीहरुको कृयाकलापलाई तीव्रखबर क्राइम व्यूरोले नजिकबाट नियाली रहेको छ ।

चौतर्फी विवादपछि वडाध्यक्ष खड्काले गरे सार्वजनिक सुनुवाईको नौटंकी

र यो पनि ..

वडाध्यक्ष खड्काको ‘भर्जिन’ कमाईः समाचार नलेख्न मिडियालाई धम्की

चन्द्रागिरीमा जनप्रतिनिधिबाटै सरकारी जग्गा कब्जा : वडा अध्यक्षले नै बनाए खोलामाथी कम्प्लेक्स

नियम विपरितको धन्दामा वडाध्यक्ष खड्का (भिडियो सहित)

र यो पनि अध्ययन गर्नुहोस

वडाध्यक्ष खड्काको लुटको थप खुलासा : एकाघरको समिति बनाउँदै कमिशन अशुली

चन्द्रागिरी नगरपालिकाको जग्गा प्लटिङ फण्डा : जग्गा दलाली र लेखापढी व्यवसायी नै वडाध्यक्ष भएपछि…

चन्द्रागिरी नगरपालिकामा बेबारिसे दमकल : चलाउने जनशक्तिनै छैन

 

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!