सत्ता  गठबन्धनको रात्रि भोज :  उद्योगी व्यवसायीलाई पहिलो प्राथमिकता

- November 15, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

हेटौँडा । निर्वाचन आयोगको विद्यमान निर्वाचन आचार सहिंता विपरित सत्ता गठबन्धन गरेका दलहरुले हेटौँडामा उद्योगी व्यवसायीलाई पहिलो प्राथमिकतामा राखेर रात्रि भोज खुवाउने कार्यक्रम तय गरिएको छ । सत्ता गठबन्धनसँग निकट रहेको नेपाल लोकतान्त्रिक व्यापार सङ्घ मकवानपुर, नेपाल उद्योग व्यापार महासङ्घ मकवानपुर तथा राष्ट्रिय व्यापार सङ्गठन मकवानपुरले मकवानपुरको उद्योग वाणिज्य सङ्घको पल्पसा सदनमा रात्रि भोजको आयोजना गरेको हो ।

रात्रि भोजमा काङ्ग्रेसनिकट अर्थविद् डा. स्वर्णिम वाग्ले तथा गठबन्धनका उम्मेदवारहरूको सहभागी रहने भएका छन् । निर्वाचन आचारसंहिता विपरीत गठबन्धनले भोज भतेर गरेर मतदातालाई प्रभावित पार्ने काम गरेको भन्दै आलोचना भएको छ ।

चुनावको मुखमा निम्तो बाँडेर रात्रि भोज गर्न नपाइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे बताएपनि उनीहरुमाथी कुनै कारबाही भने भएको छैन । उक्त कार्यक्रमको विषयमा प्रशासनबाट अनुमति पनि नदिएको समेत बताइएको छ । रात्री भोजको कार्यक्रम कार्तिक ३० गते बुधबार तयर गरिएको निमन्त्राण कार्डबाट खुलेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!