विश्व शिक्षा क्षेत्रमा उदाएका नबिनतम प्रयोगलाई अबलम्बन गर्दै, रिलायन्स पब्लिक स्कुल

- November 14, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 

काठमाडौं । राजधानी काठमाडौंमा निजि बिद्यालयहरुको सङ्ख्या अनगिन्ती छन् ,जसले विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षा भन्दा पनि किताबी घोकन्ते बिद्यालाई प्राथमिकतामा राखेर शिक्षण गराइरहेको प्राय भेटिन्छन् तर कपन स्थित रिलायन्स पब्लिक स्कुलले केही समय अगाडीबाट केही नौला र उदाहरणिय शैक्षिक गतिविधिलाई तिब्रता दिन थालेको  छ। विश्व बजार आधुनिकिकरण तर्फ उन्मुख भइरहदा यस स्कुलले शैक्षिक शिक्षण प्रणालीलाई पनि डिजिटललाइज गर्दै विश्व शिक्षा क्षेत्रमा उदाएका नबिनतम प्रयोग लाई अबलम्बन गर्न शुरुवात गरिएको प्रध्यानध्यापक बसन्तलाल लामिछानेले बताउनुभयो ।जस अन्तर्गत रोवटिक्स इलेक्ट्रीकल एन्ड इलेक्ट्रोनिक ,उडवर्क,क्लेवर्क तथा कुकरी परियोजनाहरु पनि बिद्यालयमा लागू गर्दै आइरहेको छ।रिलायन्स एजुकेसन नेटवर्कद्वारा संचालित रिलायन्स पब्लिक स्कुलमा स्टिम एप्रोज अफ टिचिङ र स्टिम बेस मेकर स्पेसद्वारा शिक्षण गराइएको पाइन्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!