हिताची माईक्रोवेभ भेरियन्ट सहित नेपालीबजारमा

- November 13, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । युनिभर्सल इलेक्ट्रोकम प्रालिले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ । चार भेरियन्टका साथ उपलब्ध माइक्रोवेभ ओभनका नयाँ श्रृङ्खलाहरुमा–२३ लिटर डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लिटर डिजिटल ग्रिलमाइक्रोवेभ ओभन, २० लिटर मेकानिकलमाइक्रो वेभ ओभन र डिसेम्बर २०२२ सम्ममा चौथो भेरियन्ट ३२ लिटर कन्भेक्सन माइक्रोवेभ ओभन नेपाली बजारमा उपलब्ध हुनेछ ।

हिताचीको उच्च श्रेणीको माइक्रोवेभ ओभनहरूले उपभोक्ताहरूलाई स्वस्थ जीवनको फाइदाहरू र सहजै फ्याट, नुन र क्यालोरी घटाउने नवोत्पाद सुविधा प्रदान गर्दछ । साथै, हिताचीले यीमाईक्रो ओभनमा १ वर्षको पूर्ण वारेन्टी र म्याग्नेट्रोनमा ५ वर्षको वारेन्टी प्रदान गर्दछ । ‘परिवर्तित जीवन शैलीसँगै, माइक्रोवेभमा परम्परा गत खाना पकाउने एक उपयुक्त वैकल्पिक समाधान भएको छ । ग्राहकहरुको बढ्दो मागलाई हेरेर हामीले माइक्रोवेभ ओभनको चार भेरियन्ट एकैपटक ल्याउने योजना बनाएका हौं ।

हिताचीले सहज जीवनयापनमा विश्वास गर्छ । हिताचीका यी मौलिक माइक्रोवेभ ओभनले उपभोक्ताहरूलाई समय बचत गर्न र उनीहरूको जीवनलाई सजिलो बनाउँदै बिजुलीको खपत घटाउन मद्दत गर्नेछ’ कार्यकारी निर्देशक सञ्जय अग्रवालले भने ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!