मुलुककै जेठो र ठूलो विश्वविद्यालय प्रतिष्ठा गुमाउँदै : डेढ वर्षमा पनि त्रिवि नतिजा शून्य

- November 11, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा सञ्चालन गरेको एक/डेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले अनेक बहानामा विभिन्न संकाय तथा विषयको नतिजा प्रकाशन ढिला गर्दा विद्यार्थी भने मारमा परेका छन् ।

जसका कारण मुलुककै जेठो र ठूलो विश्वविद्यालय प्रतिष्ठा गुमाउँदै छ । नेतृत्वदायी तहमा रहेका पदाधिकारी–कर्मचारीको ढिलासुस्ती तथा बेथितिका कारण त्रिविमा महिनौं दिनसम्म तालाबन्दीसमेत हुने गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले नतिजा सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ ।

९ बुँदे ज्ञापनपत्रमा ‘स्नातक तह प्रथम वर्षको १६ महिनाअघि लिइएको परीक्षाको नतिजा सार्वजनिक नहुनुको कारणसहित सात दिनभित्र प्रकाशित गर्न’ माग गरिएको छ । त्यस्तै, स्नातक तेस्रो र स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा प्रकाशन गर्नुपर्ने, बीए एलएलबीको नतिजा भएको तीन महिना बितिसकेको र ट्रान्सक्रिप्ट तत्काल उपलब्ध गराउनुपर्नेलगायत माग अघि सारिएका छन् ।

अनेरास्ववियु क्रान्तिकारीले ‘परीक्षा प्रणाली पुरानो र प्रविधिमैत्री नभएकाले तत्काल परीक्षा प्रणाली विकास गर्न विज्ञसहितको कार्यदल बनाई अगाडि बढ् नुपर्ने, केन्द्रीकृत संरचनाले विद्यार्थीलाई सेवासुविधा लिन झन्झटिलो भएको हुँदा सम्बन्धित क्याम्पसमै ट्रासक्रिप्ट व्यवस्था गर्नुपर्ने, परीक्षा फाराम र ट्रान्सक्रिप्ट ट्रान्सफरजस्ता सेवा अनलाइनबाट व्यवस्था मिलाउनुपर्ने’लगायत माग राखेको छ ।

एक साताभित्र माग पूरा गर्न नसके विश्वविद्यालय र पनिकाका सम्पूर्ण पदाधिकारी ‘असक्षम भएको’ घोषणा गरी सशक्त आन्दोलनमा जाने विज्ञप्तिमा उल्लेख छ । त्रिविले समयमै परीक्षाफल प्रकाशन नगर्दा ‘करिअरमै असर परेको’ भन्दै विद्यार्थीले गुनासो गरेका छन् ।

शैक्षिक प्रमाणपत्र लिएर ‘करिअर’ तय गर्ने सपना बोकेका विद्यार्थीमाथि ढिलासुस्तीले तनाव दिने गरेको विद्यार्थीको गुनासो छ । त्रिविले जनशक्ति अभावलगायत कारण समयमै नतिजा प्रकाशन गर्न नसकेको बताउ“दै आएको छ


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!