वाणिज्य महासंघद्वारा व्याज बृद्धि विरुद्धको आन्दोलन स्थगित

- November 10, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं। बैंक तथा वित्तिय संस्थाहरुले अत्याधिक रुपमा बृद्धि गरेको व्याजदर तत्काल घटाउनु पर्ने माग राख्दै सडक आन्दोलनमा उत्रेको उद्योग व्यवसायीहरुको आन्दोलन नेपाल उद्योग वाणिज्य महासंघले स्थगित गरेको छ । बढ्दो ब्याजदरलाई लिएर राष्ट्र बैंकका गभर्नरकै राजीनामा माग्दै आन्दोलन आक्रामक बनेपछि महासंघले निर्वाचनको कारण देखाउदै सवै विरोध कार्यक्रम स्थगित गर्ने निर्णय गरेको उल्लेख छ।

महासंघको पदाधिकारीको आकस्मिक बैठकले निर्वाचनसम्मका लागि आन्दोलन स्थगित गर्न प्रदेश च्याप्टर र सदस्य संस्थालाई आग्रह गर्ने निर्णय गरेको छ । बढ्दो ब्याजदरको समस्या समाधान गर्न वार्तालाई अघि बढाउने निर्णय गर्दै सडक आन्दोलन स्थगित गर्ने भएको जनाएको छ ।

महासंघको निर्णयप्रति केही व्यवसायी भने असन्तुष्ट बनेका छन्। व्यवसायी संकटमा परेको बेला भएको आन्दोलनलाई छाता सगठनबाटै दबाउने निर्णय नेतृत्व तहबाट भएपछि असन्तुष्ट भएको बताएका छन । आन्दोलन स्थगित गर्ने निर्णय गर्नु भनेको व्यवसायीको मुद्दालाई नजरअन्दाज गर्नु भएको र राष्ट्र बैंकबाट ठूलै दबाब आएकोले आन्दोलन स्थगित गरेको आरोप समेत एक केन्द्रीय सदस्यले लगाएका छन् ।

पदाधिकारी बैठकले तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पुँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघ सदस्य÷नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघले राखेको मागमा भने ऐक्यवद्धता जनाएको छ। आर्थिक तथा वित्तीय अवस्था बिगार्न भूमिका खेलेको भन्दै पूर्वका व्यवसायीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका थिए।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!