वनमन्त्री तथा कांग्रेसका उम्मेदवार थापाको निधन

- November 9, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रदेश नं. १ का वनमन्त्री एवम् मोरङ क्षेत्र नं. ३ को प्रदेश १ का प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निमोनियाका कारण थापाको नोबल अस्पतालमा उपचारको क्रममा निधन छ । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका थापाको निधनपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको जनाइएको छ ।

यता निर्वाचन आयोगले भने सो क्षेत्रमा तोकिएकै मितिमा निर्वाचन हुने बताएका छ । उम्मेदवारको निधनको औपचारिक जानकारी आएपछि निर्वाचन मनोनयन प्रक्रिया सुरू हुने आयोगले जनाएको छ । निर्वाचन हुने मितिको सात दिनअघि उम्मेदवारको निधन भएमा निर्वाचन नरोकिने आयोगको भनाई रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!