उद्योगी व्यवसायी आन्दोलनमा सरकारले दिएन चासो

- November 9, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अत्याधिक रुपमा व्याजबृद्धि गरेको विरुद्धमा उद्योग व्यवसायी चरणबद्ध रुपमा आन्दोलन गरि रहेका छन् । ऋणीसँग उच्च ब्याज असुल्न थालेसँगै उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएर विरोध गरेपनि सरकारले भने त्यस तफै कुनै चासो दिएको छैन । भने नेपाल राष्ट्र बैंक समेत सो विषयमा मौन बसेको छ ।

यसरी एकातर्फ सरकारले चासो नदिने र अर्कोतर्फ राष्ट्र बैंक मौन बसेका कारण अहिले देशरभर उद्योग व्यवसायीहरुले आन्दोलनलाई कडा बनाउने समेत उल्लेख गरिएको छ । केही समयअघि चर्को ब्याजको विरुद्धमा उद्योगी तथा व्यवसायीहरुको छाता संगठनहरुले नेपाल राष्ट्र बैंक लगायतका निकायमा ज्ञापन पत्र बुझाउँदै विरोध जनाएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर हाल बैंक तथा वित्तीय संस्थाले आफुखुशी लिएको ब्याजदर नियन्त्रण गरिदिन आग्रह गरेपनि सो बारे कुनै चासो नदिएपछि उद्योगीहरु बाध्य भएर सडक आन्दोलनमा उत्रनु परेको बताएका छन् ।

उद्योग वाणिज्य संघ काठमाडौंको नेतृत्वमा नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत व्यवसायीहरुले माईतीघरमा जम्मा भएर ब्यानर र प्लेकार्डसहित आन्दोलनमा उत्रिएका थिए । त्यसलगत्तै पूर्वका उद्योगी व्यवसायीहरु पनि आन्दोलनमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहोरा र पूर्वका उद्योगी व्यसायीहरुले बैंक तथा वित्तीय संस्थाका देखिएको समस्या समाधन गर्न व्यानर सहित जुलुस निकायले सम्बद्ध निकायमा ज्ञापन पत्र बुझाएका छन् ।

पछिल्लो समय उद्योगी व्यवसायीले तरलता समस्या र उच्च ब्याजदरको विषयमा प्रधानमन्त्री, अर्थमन्त्री तथा राष्ट्र बैंक लगायतका निकायमा पटक पटक घच्घच्याउँदा पनि सामाधानका लागि कुनै वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको उद्योगी व्यवसायीहरुको भनाई रहेको छ ।

अर्थमन्त्री शर्माले हाल देखिएको उच्च व्याजदरको समस्या समाधान गर्न भन्दै एक समिति गठन गरेपनि सो समितिले केही काम नगरेको गुनासो व्यवसायी उद्योगीहरुको रहेको छ । उक्त समितिले व्याजदरको विषयमा कुनै हस्तक्षेप गर्न नमिल्दै भन्दै पन्छिएपछि अहिले सडकमा व्यवसायी उद्योगीको आन्दोलन भै रहेको छ ।

हाल बजारमा देखिएको तरलता समस्या तथा उद्योगीको आन्दोलनको विषयलाई लिएर अर्थमन्त्रालय, राष्ट्र बैंकदेखि सरकारसमेत मुकदर्शक बनेको छ । ब्याजदरको विषयमा कदम चाल्ने राष्ट्र बैंक हालको बढ्दो ब्याजदर तथा उद्योगी व्यवसायीको आन्दोलनको विषयमा केही टिप्पणी गरेको छैन तर सार्वजनिक कार्यक्रममा राष्ट्र बैंककै आधिकारी प्रतिनिधिले भने आन्दोलन गरेर व्याजदर नघट्ने भन्दै चेतावनी समेत दिएका छन् । ब्याजदर कहिले बढ्छ कहिले घट्छ यो स्वाभाविक प्रक्रिया भएको भन्दै राष्ट्र बैंकले जनाएको छ । व्यवसायीले सुरुवातमा ७/८ प्रतिशत लिएको ऋणको व्याज हाल भनेर १५/१६ प्रतिशत पुगिसकेको बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!