भोटका लागि भ्रामक नारा : चुनाव पछि हुदैन पुरा

- November 7, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

–रोशन कार्की

यहाँ राष्ट्रियता जस्तो विषयलाई राजनीतिक भविष्य सुनिश्चित गर्ने साधन बनाइदै आएको छ । माफियागिरीलाई प्रश्रय दिइन्छ, बौद्घिक वर्गलाई पाखा लगाउदै फोहोरी राजनीतिले प्रश्रय पाएको देश हो नेपाल । चुनाबबाट आफु शक्तीमा पुग्नकै लागि दल र स्वतन्त्रका नाममा उम्मेदबारी भएर अहिले गाँउगाँउ घुम्दै छन् ।

घुम्ने क्रममै पुरा नहुने महत्वकाक्षिं नारा लगाउदै मतदतालाई भ्रममा पारेर भोट माग्ने कामले तीव्रता पाएको छ । देशलाई मुक्ति दिन अनि बेचिएको देश जोगाउन भनेर किताब छोडेर बन्दुक बोक्नेहरू अनि नारा घोक्नेहरू आखिरमा बिरानो देशका बाकसमा आफैं मुक्तिग्रहण गर्न विवश भएका छन अहिले ।

महाकाली बेचिएको नारा सबैभन्दा घनिभूत रूपमा लगाउने मध्येका नेताहरु सरकारी ढुकुटीको पैसा बोकेर विदेश उपचार गर्न जाँन्छन् । जबकि त्यही बेला उनकै जिल्लामा बिमारी बोक्ने एम्बुलेन्स समेत छैन । आज फेरि अर्को पटक देश बेचिएको खबर युवाका कानमा पु¥याइएको छ ।

देशमा चुनाव नजिकिँदै छ । हाम्रो देश फेरि चुनावकै समयमा बढी बिक्ने गर्छ । देश बेचिनु नबेचिनु एउटा कुरा हो । तर संसारमा बिक्ने अंग्रेजी भाषा सिक्नु छ । तिनका बुवाआमालाई दुःखको दलदलबाट उकास्नु छ । त्यसैलाई कसैको राजनीतिक अभीष्ट पूरा गर्न सहयोग गर्ने खेताला बनाउनु एउटा के अपराध होइन ? प्रत्येक देशको आफ्नो स्वार्थ हुन्छ ।

आफ्नो देशलाई फाइदा नपुग्ने गरी कसैले पनि कसैलाई सहयोग गर्दैन । एमसीसीमा अमेरिकाको स्वार्थ होला । तर त्यसलाई नेपालले आफ्नो देशको हित हुने नहुने कुरा यकिन गरेर स्वीकार वा अस्वीकार गर्नपर्ने हो । तर, विडम्बना हामीसँग राष्ट्रिय नीति छैन । पार्टी चलाउने केही सीमित व्यक्तिको सनकमा काम गरिदै आएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको माहोल क्रमशः तात्न थालेको छ । यस पटक निर्वाचन आयोगको कडा आचारसंहिताका कारण अहिलेसम्म निर्वाचन क्षेत्रहरूमा आमसभा, कोणसभा, चुनावी¥याली, माइकिङजस्ता कार्यक्रममा कमी आएको छ । राजनीतिक दल तथा उम्मेदवार आफ्नो क्षेत्रका वडा र टोलमा चुनावी प्रचार कार्यालय, रणनीतिक बैठक, घोषणापत्र तयारीका साथै मतदाता घरदैलो कार्यक्रममा जुटेका छन् ।

गाँउमा किसान धान भित्राउने चटारोमा छन् । किसान बाली भित्राउन व्यस्त रहेका कारण पनि अहिले गाउँटोलमा चुनावी प्रचारप्रसारले व्यापक गति लिन सकेको छैन । राजनीतिक, आर्थिक, शैक्षिक र स्वास्थ्य जस्ता विषयलाई अहिले पनि उम्मेदबारले भोट माग्ने औजारका रुपमा प्रयोग गरेका छन ।

यो संगै देशको आर्थिक विकास र रोजगारीका नारालाई घनीभुत रुपमा उठाएपनि निर्वाचन पछि भने ती नारा र प्रतिवद्धता एकाएक हराउदै अ जस्ता विषयलाई अहिले पनि उम्मेदबारले भोट माग्ने औजारका रुपमा प्रयोग गरेका छन । यो संगै देशको आर्थिक विकास र रोजगारीका नारालाई घनीभुत रुपमा उठाएपनि निर्वाचन पछि भने ती नारा र प्रतिवद्धता एकाएक हराउदै आएका छन् ।

हार्ने नेताले पुरा गर्ने नै भएन जित्ने नेताले पनि ती नारा र प्रतिबद्धतालाई भन्दा चुनावमा भएको खर्च असुलीकालागि तस्करसंगको साँठगाँठमै ५ वर्ष वित्ने गर्दछ । भोट दिनेलाई उनीहरुले चिन्दैनन् । पाँचदलीय गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुले देशलाई रातारात विकासमा बदली दिने भ्रामक प्रचार गर्दै आएको छ ।

भने सोही अनुसार अन्य दल र स्वतन्त्र उम्मेदरले पनि लोकप्रिय हुने नारा दिदै आएका छन् । संघीय र प्रदेश सभा सांसदको निर्वाचन नजिकिएको छ । अबको १३ दिनमा त देशभर मतदान हुनेछ । र त्यसको केही दिनमै प्रतिनिधिसभा र प्रदेश सभाका लागि नयाँ सदस्यहरु निर्वाचित भएर आउने छन् ।

000 गाँउमा किसान धान भित्राउने चटारोमा छन् । किसान बाली भित्राउन व्यस्त रहेका कारण पनि अहिले गाउँटोलमा चुनावी प्रचारप्रसारले व्यापक गति लिन सकेको छैन । राजनीतिक, आर्थिक, शैक्षिक र स्वास्थ्य जस्ता विषयलाई अहिले पनि उम्मेदबारले भोट माग्ने औजारका रुपमा प्रयोग गरेका छन । 000

जसबाटै नयाँ सरकार बन्नेछ । यसपटक जनताको अभिमत कस्तो आउला भन्नेमा सर्वत्र चासो र चिन्ता छ । २०७४ सालको निर्वाचनमा बामगठबन्धनका नाममा नेकपा एमाले, माओवादी केन्द्र, राजमो मिलेर बहुमत हासिल गरेको थियो । अहिले भने गत निर्वाचनमा पुँजिवादी, यथास्थितिवादी आरोप सहित एकल चुनावमा उत्रिएको कांग्रेस नेतृत्वमा केही बाम दल माओवादी केन्द्र, एकीकृत समाजवादी, राजमोलाई साथमा लिएर चुनावी मैदानमा छ ।

त्यतिबेला उल्लेख्य मत सहित पहिलो दल बनेको एमाले अहिले केही स्थान बाहेक एकल रुपमा चुनावमा छ । यसले आसन्न चुनाव र परिणामलाई पनि थप रोचक बनाइरहेको छ । यसमा स्वतन्त्र दल र स्वतन्त्र उम्मेदवार प्रतिको आकर्षण र लहडले पनि चुनावी प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ ।

प्रत्यक्ष तर्फ उम्मेदवार र समानुपातिक तर्फ पार्टीलाई मत तान्न राजनीतिक दल र उम्मेदवारहरुले अहिले अनेक हतकण्डा अपनाउन थालेका छन् । सत्ता गठबन्धनमा त प्रधानमन्त्री बन्ने उद्घोष सहित शेरबहादुर देउवा, प्रचण्ड मात्र होइनन्, माधव नेपाल, गगन थापा, संशाक कोइराला पनि प्रधानमन्त्री बन्ने आंकाक्षा सहित मत मागिरहेका छन् ।

शीर्ष नेताहरुले चुनावी सभामा गर्ने भाषण, प्रतिवद्धता वा घोषणा ‘जनता रिझाउने’ अस्त्रको रुपमा मात्रै लिएको भेटिएको छ । २०४८ देखि संसदीय अभ्यास सुरु भइसकेपछि लोकप्रिय नारा उचाल्ने र त्यसका आधारमा जनताको भावना, उत्तेजना र आवेगलाई पुँजीकृत गर्ने राजनीतिक होडकै निरन्तरता निर्वाचनमा देखिने गरेको छ ।

जुन यसपटक पनि देखिसकेको छ । सत्ताको बागडोर सम्हाल्ने निकायमा उम्मेदवार पु¥याउने घोषणाले मन्त्री बनेपछि बजेट धेरै पार्ने, विकास हुने लोभ र भ्रम जनतामा छर्दै आएका छन् । यो जनताले नै बदल्नु अपरिहार्य छ । अहिलेको मत कुन राजनीतिक दल या उम्मेदवार सक्षम, सबल, राजनीतिक स्थिरता, विकास र समृद्धिको पक्षमा छ, त्यसलाई चुन्ने हो ।

चुनावमा प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले पूर्वाधार, जलस्रोत र पर्यटन क्षेत्रको विकास, रोजगारी, निःशुल्क शिक्षा र स्वास्थ्यको मुद्दालाई प्राथमिकता दिएका छन् । स्थानीय प्राथमिकताका विषयलाई पनि उठाउने गरेका छन् । गठबन्धनका उम्मेदवारले सडक, खानेपानी, विद्युत्, सञ्चार सेवाको विस्तार, जलस्रोत, पर्यटन र कृषिको विकास, शिक्षा, स्वास्थ्य सेवाको गुणस्तर सुधारका विषयलाई चुनावी मुद्दा बनाएका छन् ।

दलहरुले मतदातालाई आफ्नो नजिकमा तान्नको लागि जति प्रयास गरिरहेका छन् त्यसको लागि देखाउने दाँत भनेको बिकासे सपना मात्रै हुन् । विकास र बिस्तारका जतिसुकै नारा घन्काए पनि उम्मेदवारहरुको बिजय पछिको बाटो भने त्यो अनुसारको नहुने गरेको छ । संघिय सभा र प्रदेश सभामा उम्मेदबार बनेका सबै उम्मेदवारको मुख्य नारा भनेको विकासे नारा नै रहेको छ ।

यतिसम्म की संघिय सभामा जाने प्रतिनिधिको काम कर्तव्य र अधिकार तथा प्रदेश सभामा जाने प्रतिनिधिको काम कर्तव्य र अधिकारको समेत हेक्का नराखी उम्मेदवारहरुले मतदाताको दैलोमा बाँडेका विकासे सपना मतदातालाई आर्कषण गर्न देखाउने दाँत मात्रै हुन् । संघिय सभा र प्रदेश सभाको काम कुनैपनि हालतमा एकै किसिमको हुँदैन ।

संघिय सभाले राष्ट्रका सम्पुर्ण पक्षको अध्ययन गरी नीति निर्माणको तहमा काम गर्छ भने प्रदेश सभाले स्थानिय निकाय सँग सम्वन्ध राखेर एक्लो प्रदेशको बिषयमा मात्रै नीति निर्माण तथा विकासका योजनाहरुमा काम गर्न पाउने छ । वास्तवमा हाम्रो प्रत्यक्ष जीवनसँग सरोकार राख्ने खालका विकासका काम गर्ने भनेको स्थानिय सरकारले हो ।

यो कुरा कुनै पनि दल वा उम्मेदवारले मतदाताका सामु लुकाउन आवस्यक छैन् । जे कुरा गर्न सकिने होे त्यो कुरा मात्रै जनतालाई आस्वासन दिने र निर्वाचित भएपछि मतदाताको बीचमा गरेका बाचालाई पुरा गर्ने प्रबृत्तिको विकास गर्न जरुरी छ ।

निर्वाचनको बेला हात जोडेर असम्भव कुरालाई समेत सम्भव बनाउने र निर्वाचनपछि सम्भव भएका कुरामा समेत बेवास्ता गर्ने परिपाठिले ‘हात्तीको देखाउने दाँत र चबाउने बंगारा फरक छ’ भन्ने कुरालाई चरितार्थ गरेको छ । मतदाता पनि त्यस्ता खालका अवसरवादी चिन्तन भएका उम्मेदवार तथा दलहरुबाट सचेत र सजग बनौं । आफ्नो मतको सहि सदुपयोगको लागि मतदाता सचेत बन्न जरुरी छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

 

 

 

तीव्र अपडेट