यस्तो त सुवोधको अबैधधन्दा : विदेशमा बसेर नेपालमा ठगी

- November 6, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । देशमा बढ्दै गएको बेरोजगारको समस्याको फाईदा उठाउदै केही कम्पनी र व्यक्तीहरुको एक समुहले खुला रुपमा युवायुवतीहरुमाथी ठगीधन्दा चलाउदै आएपनि सो सम्बन्धमा सरकारी निकायबाट ध्यान नदिएपछि सो नियन्त्रण हुनेभन्दा पनि झन बृद्धि हुदै गएको छ ।

बेरोजगारीको समस्यामा रहेका युवायुबतीलाई विदेशमा जागिर लगाईदिने भन्दै नेपालीहरुले विदेशमा बसेर नेपालमा लाखौ रुपैयाँ ठगी गर्दै आएको समुह तथा व्यक्तीहरु अहिले शहरमा खुला रुपमा समेत घुमी रहेको पाइएको छ । यसैक्रममा युएई (दुबई) मा सेक्युरीटीको काम मिलाईदिन्छु भनेर एक युवासंग एक लाख ७९ हजार ५ सय रुपयाँ दुबईमा वासोवास गर्दै आएका सुवोध पोखरेल नामक व्यक्तीले ठगी गरेको भेटिएको छ ।

यसरी विदेशमा बसेर नेपालका युवायुवतीलाई झुक्याउदै ठगी गरेको भनी सामाजिक सञ्जालमा सुजन गुरुङले स्टाटस लेखेर सो व्यक्तीलाई कारबाहीकालागि सहयोग माग्र्दै ठगसँग होसियार हुन सबै नेपाली दाजुभाईहरुलाई अपिल समेत गरेका छन्।

गुरुङले लेखेका छन्,‘ युएई (दुबई) को भोगाई घटना तपाईंहरु समक्ष शेयर गर्न गईरहेको छु। गत 26 september 2022 को दिन दुबईमा अस्थाई बसोबास गर्ने सुबोध पोख्रेल नाम गरेको नेपालीले दुबईमा रहेको (Berekely security company) को नाममा 50 जना सेक्युरीटी गार्डको डिमाण्ड खुलेको छ ईच्छुक साथीहरुले अन्तरवार्तामा भाग लिन सक्नुहुन्छ भनेर बिज्ञापन गरेको टिकटक भिडीयो पोष्ट गर्नुभयो ।

तत्पश्चात म पनि त्यो अन्तरवार्तामा सामेल हुन पुगें। अन्तरवार्ता म पास भयो र उसले मलाई कम्पनीको जब अफर लेटर पठाउनु भयो त्यसपछी कम्पनीमा काममा वयष्ल हुनुपर्छ भन्दै AED 5000 नेपाली रुपया लगभग १,७९,५०० डिमाण्ड गर्नुभयो ।’ मैले काम पाउने आशामा सुबोधले नै जिम्मा दिएको अर्को नेपाली खगेन्द्र लम्साल नामको व्यक्तिको नेपालको बैंक खातामा 1 लाख नेपाली रुपयाँ 30 september 2022 को दिन जम्मा गरिदिएँ र बाकी रकम दुबईको अफिसमै भेटेर दिनु भन्ने सहमती गराउनु भयो त्यसपछि यी दुई ब्यक्तिले कम्पनीमा join गराउन लान्छु भन्दै मलाई अलकुज नजिकै रहेको Al safa metro station मा प्रतिक्षा गर्नुहोला भनेर म सँग 5 दिन 5 पटक सम्म झुट बोल्नुभयो। अनन्त तिनीहरु त्यहाँ आएन ।

अहिले 2 जना नै म सँग सम्पर्क बिहिन भएको छ । ती दुई ब्यक्तिले नै मलाई कल म्यासेज बाट निशेध गरिसकेको छ। मैले ती दुई ब्यक्तिलाई कम्पनिको काममा लगाउन सक्नुहुन्न भने मेरो पैसा स-सम्मान फिर्ता गरिदिनु भनेर कति धेरै चोटि अनुनय बिनय गरे तर तिनीहरुले मेरो अनुरोध रोधन चित्कारलाई बेवास्ता गरेर फरार भएको छ ।

अहिले यी दुई ब्यक्तिले नै मेरो कल म्यासेजलाई ब्लक लीस्टमा राखीसकेको छ। यस्ता ठगी दलाली धन्दा गर्ने ब्यक्तिहरु बाट सम्पूर्ण युएईमा रहनु भएका नेपालीहरु सजग रहनुहोला। यी यस्ता ठगी धन्दा गर्ने ब्यक्तिहरुलाइ युएई र नेपालको प्रचलित कानुन अनुसार हदै सम्मको कारबाही गराउने प्रतिबद्धता जाहेर गर्दछु ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!