हुन्डी कारोबारमा यि व्यक्तीहरुबाट बर्षेनी अर्बौ रकम बाहिरियो

- October 28, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध रुपमा सञ्चालन भइरहेको हुन्डीको कारोबार रोक्न र सो कार्यमा संलग्न रहेकामाथि कडा कारबाही गर्न सरकारले चासो नदिएकौ कारण अहिले बर्पेनी अर्बौं रुपैयाँ बाहिरिएको छ । सो अबैधधन्दामा लाग्ने संलग्नमाथी कारबाही गर्नेभन्दै राजस्व अनुसन्धान विभागले अनुसन्धानमा तीव्रता बनाएका बताएपनि अहिले सम्म कोही कसैलाई सो विभागबाट कारबाही भएको विवरण दिन सकेको छैन ।

सो विभागले के कस्तो अनुसन्धान ग¥यो भन्ने बारेमपनि केही जानकारी दिन सकेको छैन । विभागले केही वर्षअघि राजधानीको विभिन्न स्थानमा छापा मारेर पक्राउ परेकाबाट पाएको विवरण अनुसार विभागले सो कार्यलाई नियन्त्रण गर्न र चाँडोभन्दा चाँडो सो समस्या समाधान गर्न नेपाल राष्ट्र बैंक केन्द्रीय अपराध अनुसन्धान ब्युरो (सीबीआई) र नेपाल प्रहरीको संलग्नतामा सो विषयमा अनुसन्धान गरेको जनाएको थियो । तर अहिले सम्म सो अनुसन्धान गर्भभित्र रहेको छ ।

नेपालमा हुन्डीको कारोबार बाहिरबाट नदेखिए पनि भित्रभित्रै चलिरहेको छ । हुन्डीको कारोबार गर्नेको पहिचान भएको र उनीहरुलाई पनि सबुत प्रमाणसहित नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाउने भन्दै अनुसन्धानमै जुटेको सरकारी निकाय अहिलेसम्म सबुत प्रमाण भेटाउन सकेको छैन ।

विद्यमान ऐन अनुसार सो अबैधधन्दा गर्नेमाथी राजस्व चुहावट विदेशी मुद्रा अपचलन ऐनअनुसार कारबाही हुने व्यवस्था गरेको छ । हाल राजधानीमा मात्र सो अवैध धन्धा साचालन गर्नेको संख्या चार दर्जनभन्दा माथी पुगेको बताइएको छ ।

यसरी अन्य व्यवसायको नाममा राजधानीको विभिन्न स्थानमा स्थापना गरेको कार्यालयबाट लामो समयदेखि हुन्डीको कारोबार गर्नेहरुमा नारायण पौडेल, बच्चु पौडेल, विष्णु खत्री, सुमन खत्री, प्रदीप सरिया, गोविन्द सरिया, शोभा खरेल, मोहन अग्रवाल, पवन सरिया, हरि चिरानिया, राजु मालु, मदन केसी, कृष्ण ज्ञावाली, शिवरत्न पोछार, दिनेश श्रेष्ठ, अशोक श्रेष्ठ, नेत्रविक्रम पौडेल, विमल पोद्दारलगायत पहिलो पंक्तिमा रहेको बताइएको छ ।

विभिन्न स्थानमा भिन्न प्रयोजनका लागि खुलेका कार्यालय होटल र गेस्टहाउस र क्षमादेवी ग्रुपकै नामबाट अवैध रुपमा हुन्डीको कारोबार हुने गरेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतका बजारमा उनीहरुले हुन्डीमार्फत कारोबार गर्ने गरेका छन् । नेपाल र चीन बीचको व्यापारिक कारोबारमा नेपाली व्यापारीहरुले राजधानीको नयाँ बसपार्कस्थित रहेका विभिन्न होटल र गेस्ट हाउस र आफ्नै घर र भक्तपुरमा रहेको क्षमादेवी ग्रुपको कार्यालयबाट हुन्डीमार्फत रकम तिब्बतको ग्वान्जाउ सहरदेखि अष्ट्रेलियासम्म पठाउने गरेको बताइएको छ ।

यि व्यवसायीले गर्छन हुन्डी कारोबार………………………

ट्राभल एन्ड टुरको कार्यालय स्थापना गरी तेस्रो मुलुक र भारत चीनमा हुन्डीको कारोबार गर्ने भएकाले अर्बौं रुपैयाँ राजस्व देशलाई नोक्सानी पु¥याई रहेका छन् । ट्राभल्सको कारोबार गर्ने भन्दै खुलेका ट्राभल्स ऐजेन्सीहरु सिंगापुर इन्टरप्राइजेज सुन्धारा, धाख्वा विलिङ, मनकामना ट्राभल्स, दरबारमार्गको इमिरेट्स ट्राभल्स, सुन्धाराको युनिक ट्राभल्स एन्ड टुर्स, एडभान्स मनी ट्रान्सफर र पशुपति मनी ट्रान्सफरबाट भारत, चीन, अस्ट्रेलिया, दक्षिण कोरिया र खाडी मुलुकमा बढी मात्रामा हुन्डीमार्फत कारोबार हुने गरेका छन् ।

नेपाली पुँजी पलायनमा समेत यसै हुन्डीमार्फत हुने गरेको छ । नेपाल र चीनसँग हुने व्यापारिक कारोबारसमेत यसै हुन्डीमार्फत हुने गरेको छ । राजधानीको नयाँ बसपार्कको होटल रेस्टुरेन्ट चावहिल स्वयम्भू कलंकी सीतापाइला र भक्तपुरबाट यस अवैध हुन्डीको कारोबार हुने गरेको छ ।

हुण्डी कारोबारमा पछिल्लो समयमा सीटी एक्स्प्रेस मनी ट्रान्सफर पनि मुछिन पुगेको छ । सो मनी ट्रान्सफरका प्रमुख चन्द्र टण्डनले कोरियामा हुण्डीको कारोबार गर्दै आएको आरोप लागेको छ । सरकारले हुण्डी कारोबारलाई निरुत्साहित पार्न बैंकिङ च्यानलमार्फत पैसा नपठाए पुनः श्रमस्वीकृत जारी नगर्ने निर्णय गरेको भएपनि यसको हाल कार्यान्वयन हुन सकेको छैन ।

नेपालमा आउउने रेमिट्यान्स मध्ये भारत र कोरियाबाट धेरै रकम अनौपचारिक माध्यमबाट आउँछ । अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स हुन्डी हो । हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो ।

किन हुन्छ हुन्डी कारोबार ?

नेपालमा अहिलेसम्म औपचारिक र अनौपचारिक गरी दुई तरिकाले रकम भित्रिन्छ। अनौपचारिक या अवैधरूपमा भित्रिने रकम हुन्डी हो। अन्तरदेश कारोबारको अवैध विधि हो यो। दुवै देशमा सम्पर्क व्यक्ति तोकेर यो कारोबार गरिन्छ। दक्षिण कोरियाबाट नेपाल पैसा पठाउन हुन्डीको त्यहाँको एजेन्टले नेपालको एजेन्टलाई खबर पठाउँछ।

कोरियाको एजेन्टलाई पैसा दिएपछि नेपालको एजेन्टले सम्बन्धित व्यक्तिलाई पैसा दिन्छ। यसवापत एजेन्टहरूले निश्चित प्रतिशत कमिसन लिन्छन्। नेपाल राष्ट्र बैंकले विदेशबाट पैसा पठाउन बैंकिङ च्यानलबाट रेमिट्यान्सको व्यवस्था गरेको छ। बैंकिङ च्यानल छलेर दलालमार्फत पैसा पठाउनु हुन्डी कारोबार हो।

कम शुल्कको लोभमा मानिसहरू रेमिट्यान्स भन्दा हुन्डी रोज्छन्। हुन्डीबाट पठाउँदा पैसाको स्रोत खुलाउनु पर्दैन। ‘नेपालबाट विभिन्न समयमा विदेश लैजान लागिएको लागुऔषध बरामद हुन्छन्।

विदेश पुर्‍याइएका लागुऔषधको पैसा नेपालमा अवैध बाटोबाटै आउँछ’, सिंह भन्छन्, ‘त्यहीकारण हुन्डीलाई नियन्त्रण गर्ने अभियानमा हामी लागेका छौँ। हुन्डीको अवैध कारोबारले सुन तस्करी, लागुऔषध, हतियार र अन्य अपराधि गतिविधि हुने गरेको पाइन्छ।’

हुण्डी भनेको के हो ?

किन हुण्डी कारोबारलाई अबैध र जोखिमपूर्ण मानिन्छ । विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सी मार्फत् स्वदेशमा पठाउने वा स्वदेशबाट विदेशमा पठाउने कार्यलाई हुण्डी भनिन्छ । नेपालमा हुन्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य हो ।

अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा सुरक्षित पनि हुँदैन । कसैले थाहा पाएमा कानुन बमोजिम सजाय पनि हुन्छ। अर्को शब्दमा अन्तरदेशीय मुद्रा कारोबार गर्ने अबैध तरिका हो हण्डी । हुण्डीको कारोबार गर्नेहरुलाई दुबै देशमा एजेण्ट र सम्पर्क व्यक्ति राखेर कारोबार गरिरहेका हुन्छन् ।

कुनै एक देशमा रही हण्डी कारोबारीले एजेन्ट मार्फत रकम संकलन गर्छन र उनीहरुको परिवारलाई तत्कालै पु¥याइदिने काम गर्छन् । रेमिट्यान्स पठाउँदा हुने सबै प्रक्रियागत झन्झन तदिने भएकाले मानिसहरु हुण्डी कारोबारमा आकर्षित पनि हुन्छन् । तर यस्तो कारोबार अबैध र जोखिमपूर्ण छ।

हुण्डी कारोबार मार्फत बिदेशबाट स्वदेशमा रकम प्राप्त भएपनि यो अत्यन्त जोखिमपूर्ण छ । खासगरी सुन तस्करी, लागु औषध कारोबार, न्यून विजकीकरण गरि समान आयात, मानव बेचबिखन, अबैध हातहतियारको कारोबार जस्ता अपराधजन्य कार्यमा हुण्डीले प्रयोग हुदै आएको छ ।

त्यसैले पनि हुण्डी कारोबातरलाई अबैध र जोखिमपूर्ण मानिएको हो । हुण्डी कारोबार गर्नेहरुले कुनैपनि देशको कानून अनुसार रेमिट्यान्स कारोबार गर्नका लागि स्वीकृति लिएका हुँदैनन् । त्यसैले आफुले दश नङ्ग्रा खियाएर कमाएको पैसा बीचैमा हिनामिना हुनसक्ने जोखिम उत्तिकै छ । त्यसैले रकम हिनामिना भएमा कानुनी उपचार पाउन समेत कठिन छ ।

साथै आफ्नो परिश्रमको बैध रकमलाई दलाल र बिचौलियाहरुले अबैध कारोबार तथा अपराधजन्य कार्यमा लगाउने भएकाले यसलाई निरुत्साहन गर्ने भएकाले सबै व्यक्ति हुण्डी कारोबार गर्ने विषयमा सचेत हुनुपर्ने देखिन्छ। त्यसैले औपचारिक रेमिटान्स तथा बैंकिङ च्यानल मार्फत रकमको कारोबार गरौं ।

जसले मुलुकको व्यापार घाटा कम गर्न पनि यसले महत्वपूर्ण योगदान दिन्छ । अझ यस्ता अबैध धन्दा सञ्चालन गर्ने व्यक्ति र संस्थाको बारेमा तत्काल नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन पनि आवश्यक देखिन्छ । जुन हरेक नागरिकको कर्तव्य पनि हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!