दिदीबहिनीबाट टीका ग्रहण गर्दै दाजुभाइ : कुन देशमा कति बजे साइत ? (हेर्नुहोस् सूची)

- October 27, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं :नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन् । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा फरक-फरक समयमा भाइटीकाको उत्तम साइतबारे जानकारी दिएको थियो। सोहि समयअनुसार उनीहरुले टीका लगाएका हुन्। भारत, जापान, अमेरिका, अस्ट्रेलिया, बेलायतलगायतका देशमा फरक-फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ।

नेपालमा  भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ।

आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार–प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् बताउँछन्।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया