दुई जिव्रेकी आशिका कलाकारितामा जम्दै

- October 8, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । दोलखा जिल्लामा जन्मिएकी आशिका बस्नेतको रहर कलाकार बन्ने पटक्कै थिएन । होटल व्यवसाय गर्दे आएका उनको परिवारले संचालन गरेको होटलमा हुने चलचित्र क्षेत्रका मानिसहरुको जमघटले गर्दा नै उनलाई अनायास नै कलाकार बनायो ।
दुई जिव्रे नामक एक टेलिसिरियलका निर्माता दुर्गा भण्डारीले पहिलो पटक आशिकालाई कला क्षेत्रमा भित्र्याउँदै अभिनय यात्रा शुरु गराए ।
सानोदेखि पारिवारिक व्यवहार भोग्दै आएकी आशिकाको अहिले भने राम्रो कलाकार बन्ने इच्छा छ । हालसम्म उनले दुई जिव्रे, उल्टो–सुल्टो, हाकाहाकी, मोहिनी, सक्किगो नी, लगायत इन्टरनेशनल फिल्म फेस्टिवलमा जाने कपिल कार्कीबाट निर्देशित लघु चलचित्र चरित्रमा पनि सशक्त अभिनय गरि सकेकी छिन् । उनी भन्छिन् – अब म कलाकारिता क्षेत्रलाई नै अंगालेर हिड्ने छु, र यसबीचको कलाकारिता यात्राबाट धेरै अुनभव प्राप्त गरेको छु, र अझै कलाकारिता क्षेत्रमा निखारपन ल्याउन अहोरात्र सक्रिय छु ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!