बलेफीको शैक्षिक अभियानमा महासंघ

- October 4, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

घनश्याम तिमलसेना
सिन्धुपाल्चोक । नेपाल शिक्षक महासंघ बलेफी गाउँपालिकाले शिक्षकको पेशागत सुरक्षा र शैक्षिक सुधारको क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको दाबी गरेको छ । नेपाल शिक्षक महासंघ बलेफीले गाउँपालिकालाई २१ बुँदे सुझाबपत्र पेश गरेको कुरा महासंघका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले आर्थिक वर्ष २०७९/८० को बजेटमा शिक्षकको क्षमता अभिवृद्दि गर्ने कार्यक्रम संचालनका लागि बजेट बिनियोजन गर्न प्रत्येक वडालाई अनुरोध गरेको छ ।

विद्यालय ब्यवस्थापन समितिको नेतृत्व जनप्रतिनिधिलाई मात्र दिने कार्यविधि यसअघि भएतापनि जनप्रतिनिधिको कार्यव्यस्तता लगायत अन्य कारणले विद्यालयमा शैक्षिक वातारण निर्माणमा खासै उल्लेख्य भुमिका खेल्न नसकेको ठहर महासंघले गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि शिक्षक, जनप्रतिनिधि ,अभिभावक र शिक्षासँग सम्बद्घ पक्षहरूको सुमधुर सम्बन्ध र एकीकृत प्रयासबाट मात्र सम्भव हुने बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!