सिन्धु काँग्रेसमा भाँडभैलो : संघसंग प्रदेश साट्दै बस्नेत

- September 29, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बाह्रविसे (सिन्धुपाल्चोक) । प्रतिनिधि सभा र प्रदेशको निर्वाचनको मिति जति नजिकिदै गएको छ त्यति नै नेपाली काँग्रेसभित्र उम्मेदबारीलाई लिएर विद्रोह हुदै गएको छ । गठबन्धनका कारण अहिले काँग्रेसभित्र चर्को विवाद उत्पन्न भएसंगै सिन्धुपाल्चोकमा पुराना त्यागी नेताहरुले समेत पार्टी परित्याग गर्ने सम्मको गृहकार्य भएको एक काँग्रेस सदस्यले बताएका छन् ।

नाम गोप्य राख्ने सर्तमा ती सदस्यले भने,‘मोहनबहादुर बस्नेतकै कारण सिन्धुपाल्चोकको काँग्रेसको राजनीति अन्धकार हुदै गयो, जसका कारण लामो समय काँग्रेसमा बसेर राजनीति गर्दै आएका हाल बाग्मती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले साधारण सदस्य समेतबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदबारी दिने तयारी गरेका छन्, समानुपातिकको सूचीमा उनको नाम हटाएपछि सो अबस्था सृजना भएको हो ।’ चुनावी सरगर्मी बढ्दै जादाँ सिन्धु काँग्रेसमा पनि उच्च तहसम्म पुगेको छ ।

एकातर्फ गठबन्धनसंग काँग्रेसले सहमति गर्दा सिन्धुपाल्चोक–१ माओबादी केन्द्रको भागमा परेपछि चुलिएको चर्चा अहिले काँग्रेसभित्र विवाद सम्म हुन पुगेको छ। काँग्रेसका केन्द्रीय सदस्य बस्नेतले सो क्षेत्रको १ नम्बर दाबी गरि रहदाँ र बस्नेतले समानुपातिकको सूचीबाट नेता हरिशरणको नाम कटाएर केन्द्रमा सिफारीस गरेपछि विवाद चर्किएको हो ।

बस्नेतले समानुपातिकको सूचीमा परेका श्रेष्ठको नाम हटाई केन्द्रमा पेश गरेपछि लामो समयदेखि बस्नेतको दाहिने हातकै रुपमा सहयोग गर्दै आएका श्रेष्ठ एकाएक उनी विरुद्धमा उत्रेका छन् । श्रेष्ठले क्षेत्र नम्बर १ को प्रदेश ‘क’ बाट उम्मेदबारी दाबी गरेका थिए, सो स्थानमा पनि उम्मेदबारी नपाएपछि श्रेष्ठले बस्नेत जहाँबाट उम्मेदबारी दिन्छन् त्यहीबाट स्वतन्त्र उम्मेदबारी समेत दिने अन्तिम तयारी गरेको बुझिएको छ ।

सो सम्बन्धमा श्रेष्ठ भन्छन्,‘मैले प्रदेश ‘क’ मा उम्मदबारी दिने भनेर मोहन जीलाई भनेकै हो, सहमति गर्दा समानुपातिकमा नाम सिफारिस भएपनि बस्नेतले नै नाम काटेर केन्द्रमा पठाएपछि विवाद भएको हो, मैले बस्नेतलाई नै भेटर भनेको छु तपाई जहाँ उठ्नु हुन्छ म त्यहीबाट स्वतन्त्र उम्मेदबारी दिन्छु अब ।’

गठबन्धनका कारण सिन्धुपाल्चोक क्षेत्र नम्बर १ माओबादी केन्द्रको भागमा परेपछि अहिले मोहन बस्नेतलाई काँग्रेस केन्द्रीय समितिले ३ वटा विकल्प समेत दिएको बुझिन आएको छ । सो विकल्पको पहिलोमा सिन्धुपाल्चोककै २ नम्बर क्षेत्र, दोस्रोमा प्रदेशमा उम्मेदबारी दिने र मुख्यमन्त्री बनाउने र तेस्रोमा काठमाडौं क्षेत्र नम्बर ३ मा उम्मेदबारी हाल्न भनिएको एक नेताले बताएका छन् । तर बस्नेतले सो बिकल्प नमान्ने बताउदै आएको जनाइएको छ ।

तर, बस्नेतले माओबादीसंगको भित्रि साँठगाँठ गरे १ नम्बर क्षेत्रको संघको उम्मेदबारी माओबादीलाई दिएर प्रदेश क र ख मा क्रमसः मसिना खड्का र राजेन्द्रकुमार श्रेष्ठलाई उम्मेदबारी उठाएर लाभ लिने तयारी गरेको समेत बताइएको छ । भने बस्नेत अन्तिम अबस्थामा क्षेत्र नम्बर २ बाट उम्मेदबारी बन्ने समेत भित्र तयारी गरेको बताइएको छ ।

स्मरण रहोस् काँग्रेसभित्रकै किचलोका कारण सिन्धुपाल्चोकबाट दुवै क्षेत्र गुमाउने पक्कापक्कि भएको छ । बस्नेतकै कारण काँग्रेसका प्रभावशाली नेता प्रेमध्वज लामालगायत गाँउ समितिको नेतृत्व लिएकाहरु समेत रुष्ट बनेका छन् ।

कांग्रेस संस्थापन समूहबाट बस्नेतले नै विद्रोह गर्दै


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!