कांग्रेस केन्द्रीय कार्यालयमा कोईराला समुहको धर्ना

- September 28, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । आसन्न निर्वाचनमा टिकट वितरणमा अन्याय भएको भन्दै नेपाली कांग्रेसको डा. शेखर कोइराला समुहले नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरु धर्नामा बसेका छन् । धर्नामा शेखर कोइराला र उनका पक्षका शीर्ष नेताहरु भने सहभागी छैनन् । सभापति शेरबहादुर देउवा पक्षले टिकट वितरणमा अन्याय गरेको भन्दै शेखर पक्ष आन्दोलनमा उत्रिएको हो । उनीहरुले आफूहरुको धर्ना समान अवसर र न्यायका निम्ति भनेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!