मालतीको मेरो अदालत प्रसारणको तयारीमा

- September 27, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एन्टिना घनश्याम
काठमाडौ । रि एण्ड कि फिल्मसको ब्यानरमा निर्माण भएको वेब सिरिज ‘मेरो अदालत’ को पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ। मालती कार्कीको लगानी रहेको सो टेलिचलचित्रको निर्देशन रमेशकुमार राइले गरेका छन् । समाजमा भएका विभिन्न घटना परिघटनाहरुमा आधारित रहेर सो टेलिचलचित्र निर्माण गरेको सह निर्माता सुर्य जिसीले बताएका छन् ।

नायक रबी कार्की तथा नायिका रिश्ता बस्नेतको प्रमुख भुमिका रहेको यो सिरिजमा अन्य प्रमुख भुमिकाहरुमा तारा केसी, राम गौतम, निक शर्मा, किशोर पाण्डे, नम्रता पौडेल, सुनिल खड्का, नारायण ढकाल, कृष्ण रसाल, निर्मल आर्यलगायतको अभिनय रहेको छ। नेपाली समाजमा हत्या, हिंसा तथा बलात्कारका घटनाहरुले समाजलाइनै त्रसित बनाइरहेको यो परिवेशमा सम्बन्धित निकायलार्इ सचेत गराउने अभिप्रायले यो सिरिज निर्माण गरियको निर्माता कार्कीले बताएकी छिन् । उनीका अनुसार समाजमा किन विभिन्न घटनाहरु घटिरहेका छन, पिडित पक्षले सहि न्याय किन पाइरहेका छैनन,सम्बन्धित निकायहरु कहाँ र कसरी चुकिरहेकाछन भन्ने कुराको बोध समेत यो सिरिजले उजागर गरेको बताईन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!