मिडिया हबको ठगीधन्दा : विश्वकप फुटबल देखाउने नाममा अतिरिक्त शुल्क असुली गर्दै

- September 27, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । आसन्न विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण गर्नेभन्दै मिडिया हब नामक एक एड ऐजेन्सीले खुला रुपमा ठगीधन्दा सुरु गरेको छ । २०१८ मा नेपाली दर्शकले नेपालकै दुई वटा तथा विदेशका अन्य टेलिभिजनहरुमा सजिलै हेर्न पाएको विश्वकप फुटबल यस पटक हेर्न नपाउने र सो फुटबल खेल हेर्नकालागि अतिरिक्त शुल्क तिरेर छुट्टै च्यानलमा विश्वकप हेर्नुपर्नेभन्दैभ्रम छरी रकम असुली धन्दा सुरु गरेको छ । नेपालमा विश्वकप फुटबल प्रसारणको अनुमति लिएकोभन्दै गरेको मिडिया प्रचारबाजीसंगै मिडिया हबले यसपटक विज्ञापन र दर्शकबाट दोहोरो शुल्क उठाउने भएको छ ।

जुन विद्यमान ऐन अनुसार एकै प्रकारको कार्यमा दोहोरो शुल्क असुली गर्न पाईदैन । तर सरकारी कर्मचारीकै मिलिमतोमा सो अबैधधन्दा सुरु गरेको हव माथी सरकारले कुनै चासो समेत राखेको छैन । जसको असर दर्शकहरुमाथी पर्ने भएको छ । मिडिया हबले घाटा लाग्न लागेको भन्दै विश्वकप फुटबललाई ‘पे च्यानल’ बनाएर प्रसारण गर्न लागेकोछ । विभिन्न विवादमा मुछिएका सो हबका अध्यक्ष सोम धिताल र केही सरकारी कर्मचारीको योजनामा सो अबैध धन्दा चलाउन लागेको सेमत खुल्न आएको छ ।

सो हवले विज्ञापनबाट रकम नउठेपछि दर्शकबाट शुल्क उठाउने तयारी गरेको छ । विश्वकप हेर्नकालागि सो हबले प्रति सेट टप बक्स ५ सय रुपैयाँ र अन्य शुल्क जोडेर असुली गर्ने योजना बनाएको छ । सो हबले ६४ खेलका लागि प्रति सेट टप बक्स ५ सय रुपैयाँ उठाउने तयारी गरिएको छ । १० लाख दर्शकबाट ५ सय रुपैयाँका दरले उठाएर पेड च्यानल बनाई अबैधधन्दा चलाउने योजना खुला रुपमा सार्वजनिक गर्दा पनि सरकारको ध्यान गएको छैन ।

अबैध साँठगाँठ गरेर नेपालमा कुनै पनि विदेशी च्यानलबाट आउने विश्वकपकोखेल लाई बन्द गरेर जवरजस्ती रकम असुली गर्ने बताएको छ ।  विज्ञापन नपाएपछि त्यसको लागत अनुसारको रकम उठाउन टेलिभिजनका दर्शक अर्थात् टिभीका ग्राहकबाटैरकम उठाउनु गलत भएको समेत विज्ञहरुले बताएका छन् ।  यसरी अबैधरुपमा सो हबले दर्शकबाटै ५० करोड रुपैयाँभन्दा बढी रकम असुली गर्ने रणनीति बनाएकोछ । २१ लाखभन्दा बढी सेट टप बक्स बेच्ने समेत रणनीति बनाएको छ । जुन दर्शकहरुकालागि सो सेटटप बक्स थप भार हुन जाने छ । हबका मालिकसमेत रहेका अध्यक्ष धितालले आफुखुशी पे च्यानल बनाएर दर्शकबाट अबैध रुपमा रकम उठाउँदै मिडिया माफियाको रुपमा समेत देखिएका छन् । टेलिभिजन प्रशारणमा माफियाकै समुह बनाउर धितालले अबैधधन्दा सुरु गरेकोछन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!