अवैधरूपमा विदेशी मुद्रा भित्र्याउने भारतीय नागरिक विरुद्ध मुद्दा

- September 26, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध रुपमा विदेशी मुद्रा ल्याएको भन्दै तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले विभिन्न देशबाट अवैधरुपमा विदेशी मुद्रा ल्याएको आरोपमा विभिन्न अदालतमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ । विभागका अनुसार भारतिय नागरिक घनश्याम भाई पटेल, नवलपरासीका आन्दन प्रसाद कलवार, बेल्जियम बस्ने गैरआवासीय नागरिक सत्तमान पुनविरुद्ध विदेशी मुद्रा अपचलनको मुद्दा दायर भएको हो ।

अमेरिकी डलर तीन हजार ६ सय पाउण्ड स्ट्रलिङ, दुई हजार १३० युरो, चार हजार चार सय ६५ युएई दिराम, ४ हजार ६५० केन्या सिलिङ्स अवैध मुद्रा ल्याउँदै गरेको अवस्थामा घनश्याम भाई पक्राउ परेका थिए । उनीविरुद्ध ६ लाख ३५ हजार ४ सय रुपैयाँ जरिवानासहित बरामद भएको सम्पूर्ण मुद्रा जफत गरी कारवाही मागसहित मुद्दा दायर गरिएको छ ।

आनन्द प्रसादले भन्सार सो घोषणा गरेको रकम भन्दा बढी अमेरिकी डलर बोकेको आरोपमा विदेशी विनिमय अपचलन गरेको आरोपमा धादिङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।  सत्तमान पुनले तोकिएको भन्दा बढी विदेशी मुद्रा ८ हजार २३० युरो बोकेको आरोपमा मुद्दा दायर गरिएको छ । पुनलाई ४ लाख ३१ हजार ८९३ रुपैयाँ विगो कायम गरि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको जानकारी राजस्व अनुसनधनले विज्ञप्ति जारी गरेर दिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!