विद्या आर्जन स्कुलको पूर्वविद्यार्थी पुर्नमिलन कार्यक्रम सम्पन्न

- September 24, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । विद्याआर्जन इङलिस स्कुलद्वारा पूर्वविद्यार्थी पुनमिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कागेश्वरी मनोहरा मुलपानीमा रहेको सो स्कुलले शनिबार बिद्यार्थी पुनर्मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । २०५८ साल देखि एसएलसी शुरु गरेका यस बिद्यालयले पुर्ब बिद्यार्थीहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले यो विद्यालय नगरभित्रकै उत्कृष्ट सुचिमा पर्न सफल रहेको भन्दै यस बिद्यालय प्रती आभार प्रकट गरेका छन् ।

बिद्यालयका प्रिन्सिपल घनेन्द्र भट्टराईले यहा बाट शिक्षा हासिल गरेका विभिन्न बिद्यार्थीहरु अहिले विभिन्न तह तप्काका पुगेको बताउदै सबैको उज्वल भबिस्यको कामना गरे। बिद्यालयकी पुराना शिक्षिका तुलसा बिष्टलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। यसै ६ नम्बर वडाका अध्यक्ष प्रकाश फुयाल, हिन्दु अभियान्त डा. चिन्तामणी योगी लगायतले बिद्यालयका बारेका आआफ्नो धारणा राखेका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!