इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्न जोड

- September 24, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं। नेपालमा इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहान र प्रवद्र्धन गर्न नाडा ईभी अटोमा आयोजना भएको ईभी चौतारी छलफलमा विज्ञहरुले विद्युतीय सवारीमा रुपन्तरण गर्नुपर्ने बताएका हुन ।

सिप्रदी प्रालिका ईभी ट्रेनिङ हेड दिपेश पौडलेले नेपालमा विद्युतीय सवारी साधन भित्रिदै गर्दै धेरै प्राविधिक अन्योलता देखिएको बताए । पौडेलले भने,‘टेक्निसियनवा सवारीधनीले इन्जिनमाआधारितभएर कामगरिरहेको मान्छे इलेक्ट्रिक तर्फ मोडिनु पर्दा प्रविधिक रुपमा कठिनाई व्यहोर्नु परिरहेको छ ।’

अन्यदेशबाट इन्धनबाट चल्ने गाडीलाई नै विद्युतीयमा रुपान्तरण भएरै गाडीहरु आए पनि नेपालमा विद्युतीय भन्ने बितिकै माइन्डसेट नै परिवर्तन भएको उनको भनाई छ । उनले ईभीमा तीन सय भोल्ट माथि नै काम गर्नु पर्ने भएकाले सेफ्टिमा पनि उतिकै ध्यानदिनु पर्ने बताए । टेक्निसियनको क्षमता र दक्षता बढाउनु पर्ने अहिलेको आवश्यकता रहेको पौडेल बताउँछन्।

नेपालमा सबैभन्दा पहिलो टेक्नोलोजि जनचेतनामा काम गर्नुपर्ने देखिएको उनले जानकारी दिए । उनले भने,‘ग्राहकलाईपनिकुनै विद्युतीय गाडी खरिद गरे भने रेन्जको इन्जिाइट बढी रहेको पाएको छु ।’ पौडलेले अगाडी भने ‘खासगरी नेपाल भर रहेको पाँचलाखमेकानिक्सको ईभीमाक्षमता कसरी बढाउने भन्ने बिषयमानीतिगत तहबाटै कामहुनु जरुरी छ ।’

अहिलेसम्म नेपाल आएका जतिपनि गाडी कन्भजर्न नै रहेको कारण यसलाईपनि जोड दिनु आवश्यक छ ।काठमाडौं विश्वविद्यालयकी रिसर्चर सिल्पा श्रेष्ठले नेपालको माटो सुहाउदो विद्युतीय सवारी साधनको विकास हुनुपर्नेमा जोड दिइन् । उनीले भनीन्, ‘नेपालको भोगोलिक अवस्थालाई पनि ध्यान दिएर नेपालमा विद्युतीय सवारी साधनको विकासलाई प्रोत्साहन गनुपर्ने अहिलेको आवश्यकता हो ।’

श्रेष्ठले भनिन् ‘हामीलाई कस्ताखालका ईभीआवश्यक पर्ने हो, नेपालको आवश्यकता के हो यी बिषयमा पनि अध्ययन हुनुपर्छ ।’ नेपालको विद्युतीय सवारी बजारलाई प्रवद्र्धन गर्दै जाने हो भने दिर्घकालिन रुपमाअध्ययनगर्दै उत्पादनमै केन्द्रित हुने पर्ने बताइन् ।

नेपालमाहाल गुडिरहेको इन्धनबाट चल्ने सवारीको व्यवस्थापनका लागी पनि विद्युतीय सवारीमा रुपान्तरण गर्न सरकारी तवरबाटै काम हुनपर्ने धारण व्यक्त गरिन ।मेकानीकल इन्जिनियर अभिषेक कार्कीले नेपालमा इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न अध्ययन र रिसर्च कम भइरहेको बताए ।

उनले भने,‘नेपालमा एउटा गाडीलाई मात्रै विद्युतियमा रुपान्तरण गछौं भन्यो भने लागत धेरे बढी छ ।’ अभिषेकले भने ‘इन्धनबाट विद्युतीयमा सवारीसाधनलाई रुपान्तरण गर्न सरकारले नै सहयोग गर्नुपछ ।’ उनकाअनुसार विद्युतीय सवारीमा ग्राहकको माग के छ भन्ने बिषयमा सबैभन्दा पहिला बुझ्न जरुरी छ ।

सरकारले पनि २०३० सम्म आधाभन्दा बढी सवारी इभिमा रुपान्तरण भइसक्ने घोषणा भएपनितत्कालत्यो सम्भवनभएको उनको भनाई छ । ‘नेपालमा इभीको पहूँच गाडी आयात गरेर मात्रै हुने होइन, नेपालमै भएका गाडीलाई विद्युतीयमा रुपान्तरण गर्नुको विकल्प छैन ।’

आगामी १० बर्ष भित्रविद्युतीय सवारीको पेनिट्रेसन बढाउने हो भने डिजेल र पेट्रोलबाट चल्ने गाडीको आयात बन्द गर्नु पर्ने विचार व्यक्त गरे । नेपालमा भएका इन्धनबाट चल्ने सवारीलाई जुन व्याट्रि उपयुक्त छ ती गाडीहरुलाई विद्युतीय बनाउने हो भने सरकारको लक्ष्य पुरा हुने सम्भावना रहेको उनले बताए । ‘हरेक देशले आफ्नो लागीभनेर मात्रै गाडी बनाउछ भने नेपालकालागी भनेर मात्रै गाडी बनाउदैन ’ कार्कीले भने ‘नेपालको आवश्यकतालाई पनि बुझ्नुपर्छ’ ।

नेपालमा बर्षको निश्चित गाडीलाई विद्युतीकरण गछौं भनेर लक्ष्य लिए मात्रै नेपालमा व्याट्रि उत्पादनको सम्भावना खुल्ने उनको दाबी छ ।नेपालमा सवारीसाधनलाई विद्युतीकरण गर्ने हो भने सरकारले पनि नीतिगत तहबाट सहयोग गर्नुपर्ने र स्थिर नीति अलिहेको आवश्यकता रहेको कार्कीले बताए ।

इन्धनका सवारीलाई विद्युतीयमा रुपान्तरण गर्न सेग्मेन्ट छुट्याएर अघि बढ्नुपर्ने कार्कीले बताए । त्यसैगरी विद्युतीय सवारी चार्जिङ परियोजनाका आयोजना प्रमुख सागरमणि ज्ञवालीले विद्युतीय सवारी बेच्ने तथा इभिमा रुचि राख्ने सबैलाई साना साना कुरा बुझाउनु पर्ने पहिलो आवश्यकता रहेको बताए ।

‘पछिल्लो समय विद्युतीय गाडी लिने र चार्जिङ गर्न समस्याभइरहेको पाएको छु’ ज्ञवालीले भने ‘अब लङ ड्राइभवको लागी सरकार र नीजि क्षेत्रले फास्ट चार्जर राख्नुपर्ने आवश्यकता छ।’ पछिल्लो समय नेपालआएका गाडीहरु फास्ट चार्जिङ गाडी आएकाले फास्ट चार्जिक वरदान नै हुने उनको दाबी छ ।

नेपाल सरकारले पनि खासगरी पब्लिक यातायातमा विद्युतीकरण नगरी नेपालको विद्युतीय सवारीसाधनमा जे जतिअपेक्षा गरेका छौं त्यो नहुने उनको भनाई छ । नीजी क्षेत्र र सरकारी तहबाटै सार्वजनिक यातायातमा विद्युतीकरणमा ध्यान गएको नपाईको बताए ।

भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन मेकानीकल इन्जिनियर शंकर सिंह धामिले नेपालमा हालसम्म आएका इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा सिफ्ट गर्नुपर्ने बिषय नै मुख्य चुनौतिको बिषय रहेको बताउछन । सरकारले पनि विद्युतीय सवारीसाधनलाई विद्युतीयमा सिफ्ट गर्न आवश्यक नीति बनाइ दिनुपर्ने उनको भनाई छ ।

अब नेपालमा निजी इर्भिलाई भन्दा पनि पब्लिक गाडीतर्फ नै केन्द्रित हुनेपर्ने धामीको दाबी छ । त्यसैगरी सरकारले विद्युतीयमा कन्र्भसन गर्न इन्धनबाट चलने सवारीलाई सहुलियत र विद्युतीयमा रुपान्तरण हुने सवारीलाई नियामनगर्न संयन्त्र पनि अपनाउनु पर्ने धामी बताउँछन् ।

डिजेटल पेट्रोलका गाडीलाई बैंकहरुले पनि कर्जा दिन्छु भन्ने अवस्था छ विद्युतीय तर्फ बजार अघि नबढि सकेको अवस्थाले छ । त्यसको लागी रिक्स काउन्टर ग्यारेन्टी फन्डको अवधारणापनि ल्याउनुपर्ने बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!