नेपाल इण्डोनेशिया बीच सिधा हवाई सम्पर्क विस्तारमा जोड

- September 24, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल इण्डोनेशिया बीच सिधा हवाई सम्पर्क विस्तारमा जोड दिइएको छ । नेपाल इण्डोनेशिया व्यवसायिक फोरमको बैठकमा सो कुरामा जोड दिइएको हो । भौगोलिक एवं सांस्कृति विविधता, प्राकृतिक सुन्दरताका हिसावमा समेत कतिपय कुरामा नेपाल इण्डोनेशिया बीच समानता रहेको र यसबाट पर्यटन प्रवद्र्धनमा निकै ठूलो लाभ लिन सकिने सम्भावना देखिएको भन्दै सो कुरालाई जोड दिएको बताएको छ ।

यसका लागि सिधा हवाई सेवा संचालन सवैभन्दा महत्वपूर्ण रहेको कुरा सो अवसरमा बताइयो । दुवै देशका तर्फबाट दौत्य सम्बन्ध स्थापना भएको ६ दशक पुरा भैसके पनि आर्थिक सम्बन्ध भने सोचेजति विस्तार हुन सकेको पाईदैन । प्राप्त तथ्याक अनुसार दुुई देश बीचको व्यापार घाटा निकै फराकिलो बन्दै गएको छ ।

इण्डोनेशियासंग नेपालको निर्यात व्यापार अत्यन्त न्यून रहेको पाइन्छ । सन् २०२१/२२ मा द्विपक्षीय व्यापार घाटा ५३ अर्व २४ करोड रुपैयाँभन्दा बढीको थियो । व्यापार घाटालाई कम गर्न संयुक्त लगानी विस्तारमा बैठकमा जोड दिइयो । नेपालमा इण्डोनेशियन पर्यटक भित्रयाउन सकिने अधिक सम्भाव्यता र आधारहरु छन् ।

हामी यसमा काम गरी दुवै देशका जनतालाई लाभान्वित बनाउन सक्छौं, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । अध्यक्ष गोल्छाले अन्तराष्ट्रिय मन्चहरुमा पनि दुवै देशको बलियो सहकार्य रहेको बताए । अध्यक्ष गोल्छाले नेपालको आर्थिक विकासमा महासंघले राष्ट्रिय आर्थिक रुपान्तरण भिजन पेपर ल्याएको र त्यसले नेपालको आगामी दश वर्षभित्रको आर्थिक विकासको खाका कोरिएको दाबी गरे ।

अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, व्यापार घाटा न्यूनिकरण भिजन पेपरका लक्ष्यहरु रहेका यसको कार्यान्वयनमा नेपाल सरकारसंग समेत सहकार्यका लागि सहमती भएको जानकारी गराउदै नेपालको आर्थिक विकासमा इण्डोनेशियाले हासिल गरेको सफलता बांडन अध्यक्ष गोल्छाले आग्रह गरे ।

उनले नेपालको सवैभन्दा महत्वपूर्ण व्यापारिक साझेदार भएको नाताले इण्डोनेशियाले नेपालमा संयुक्त लगानीमा उद्योग स्थापना गरी व्यापार घाटालाई न्युनिकरण गर्ने दिशामा सहयोग गर्न आग्रह गरे । नेपाल सन् २०२६ सम्म विकासशील मुुलुकमा स्तरोन्ती हुने तयारीमा रहेकाले आर्थिक विकासको हाम्रो प्रयासमा सहयोग गर्न अग्रह गर्दछुु, अध्यक्ष गोल्छाले भने ट्रेड एक्सपोलाई दुुई देश बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि तथा इण्डोनेशियामा नेपाल प्रवद्र्धनका लागि उपयुक्त फोरमको रुपमा उपयोग गर्न बैठकमा नेपालका लागि इण्डोनेशियाका राजदूत हेरु हर्टान्टो सुवालो ले सुुझाए ।

व्यापार घाटालाई कम गर्ने कार्यमा नेपाललाई सहयोग गर्न इण्डोनेशिया तयार रहेको भन्दै नेपालमा लगानीका सम्भाव्य क्षेत्रका वारे ठोस सुुझाव दिन महासंघलाई अनुरोध गरे । द्रुत आर्थिक विकास गरीरहेको इण्डोनेशिया नेपालको आर्थिक विकासमा आफना अनुुभव आदान प्रदान गर्न लालयित भएको पनि उनले बताए ।

उनले दुुवैै देशको संयुक्त लगानी मार्फत वस्तुतथा सेवा उत्पादन गरी तेस्रो मुलुकमा निर्यात गर्न सकिने सम्भाव्यता औल्याए । इण्डोनेशियामा आगामी अक्टोवरमा हुने एक्सपोमा वंगलादेश, नेपाल र इण्डोनेशिया बीच छुट्टै विशेष बैठकको आयोजना गरिने जानकारी गराउदै उक्त बैठकलाई बढी भन्दा बढी परिणामदायी बनाउनुुपर्नेमा जोड दिए । नेपालमा जलविद्युत तथा पर्यटन पूर्वाधारमा इण्डोनेशियाको लगानी ल्याउन सकिने कुरामा पनि सो अवसरमा छलफल भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपालका लागि इण्डोनेशियाका अनररी काउन्सिल चन्द्रप्रसाद ढकालले नेपाल–इण्डोनेशिया व्यवसायिक फोरम बैठकले आपसी आर्थिक सम्बन्धलाई नयां उचाईमा लैजान सहयोग गर्ने दाबी गरे । उनले नेपालसंग सहकार्य गर्न इण्डोनेशिया सधै इच्छुक रहेको आफूले पाएको र निजी क्षेत्रका माध्यममार्फत आपसी सहकार्य, संयुक्त लगानी विस्तार, व्यापार घाटालाई न्यूनिकरण गर्ने र नेपालको निर्यात प्रवद्र्धनमा परिणामदायी ढंगबाट काम हुनुुपर्नेमा बताए ।

इण्डोनेशियासंग व्यापार व्यवसाय गर्ने नेपाली व्यवसायीहरुको समेत सहभागिता रहेको सो अवसरमा पाल्म आयलको आयात, नेपाली जैवलरीको इण्डोनेशियाको बजार प्रवद्र्धन, नेपालमा इण्डोनेशियन पर्यटन आकर्षण, संयुक्त लगानी लगायतका विषयमा जिज्ञासाहरू राखिएका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!