गाडी बिक्रेताको लुट : गाडीभित्रकै पाटपुर्जाको रकम असुली

- September 23, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । विभिन्न ब्राण्डका गाडी बिक्री गर्दै आएका बिक्रेताहरुले एउटै सवारी साधनमा एकै शिर्षक नै २÷३ स्थानमा राखेर लाखौं रुपैयाँ ठगी गर्दै आएको भेटिएको छ । सवारी साधन आयात गर्ने आधिकारीक बिक्रेताहरुले नाफा बाहेक नै उपभोक्तासँग न्यूनतम ५ लाख रुपैयाँभन्दा बढी अतिरिक्त शुल्क असुली ठगी गरेको प्राप्त कागजातबाट खुलेको छ ।

नेपालका लागि मारुती कारको आधिकारीक बिक्रेता अरुण इन्टरकन्टिनेन्टल टेडर्सले एउटै सवारी साधनमा बिक्रीमा खरिदकर्ताबाट विभिन्न शिर्षकमा ५ लाख रुपैयाँ भन्दाबढी असुली गरेको पाइएको छ । महिन्द्रा स्कोर्पियाको आधिकारीक बिक्रेता अग्नी इन्कपोरेटेडले पनि विभिन्न शिर्षक राखेर ग्राहक अनुचित असुली गरेको प्रमाण फेला परेको छ ।

प्राप्त विवरण अनुसार एउटा गाडीमा खरिदकर्तासंग १२ वटा शिर्षकमा रकम असुली गर्दै आएको छ । जुन शिर्षकमा रकम असुली गरिदै आएको छ त्यो विद्यमान ऐन विपरित भएको राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल मर्हजनले बताएका छन् । गाडी बिक्रीकर्ताहरु (कम्पनी) ले अनाबश्यक शिर्षकमा रकम असुली गर्दा समेत उपभोक्ताहरुले अझै पत्तो समेत पाएका छैनन् ।

भने व्यापारीले एउटै गाडीमा ३ पटक मुल्यअभिबृद्धि कर (भ्याट) समेत लिने गरेको भेटिएको छ । ढिला गरी तीव्रखबरलाई प्राप्त विवरण अनुसार गाडी व्यापारीहरुले उनीहरुको नियमति बस्ने मिटिङ र सो मिटिङमा खाएको विल समेत गाडीको मुल्यमै जोड्ने गरेका छन् । अर्कोतर्फ उद्योगीले ल्याएका गाडी लामो समय बिक्री नभएर होल्ड बसेमा पनि त्यसको चार्ज खरिदकर्तासंग असुली गर्ने गरेको छ ।

सो शिर्षक वापत एक गाडीमा २० हजार रुपैयाँ असुली गरि ठगी गर्दै आएको छ । त्यसैगरी कम्पनीले बुझाउनु पर्ने इन्सुरेन्स र बीमामा समेत दोहोरो शुल्क असुली गर्दै आएको छ । सो शिर्षकमा २७ हजार ५ सय असुली गरेको पाइएको छ । अर्कोतर्फ पेट्रोलका नाममा प्रतिगाडी ४५ सय र गाडी डेलिभरि र फेरी पेट्रोलको शिर्षकमा ६ सय असुली गर्ने गरेको छ ।

अर्कोतर्फ गाडीमै भएका पाटपुर्जाको समेत अतिरिक्त शुल्क लगाई असुली गर्दै आएका छन् । पाटपुर्जाको शिर्षकमा २ हजार ५ सय, हिटङ फिल्टरका नाममा ११ हजार र तलवको शिर्षकमा प्रतिगाडी ३६ हजार रुपैयाँ अतिरिक्त रकम असुली गर्दै आएका छन् । जुन ऐन विपरित गलत रहेको अध्यक्ष महर्जनको भनाई रहेको छ ।

अर्कोतर्फ भन्सार कर्मचरीको संलग्नतामा न्यून विजीकरण गरेर भन्सार विन्दूमा १० लाख १३ हजार ८१६ रुपैयाँ पर्ने गाडीलाई बिक्री गर्दा ५९ लाखभन्दा बढीमा गरिदै आएको छ । ९ लाख ८१ हजार पर्ने गाडीलाई ४० लाख रुपैयाँभन्दा बढीमा बिक्री गरिदै आएको छ । यसरी एकातर्फ करोडौ रुपैयाँको राजश्व छली गरिदै आएको छ भने अर्कोतर्फ आयकर र भ्याटपनि छली गर्नेकार्यमा तीव्रता आएको छ । यस सम्बन्धमा सरकारी निकायबाट गहिरो अध्ययन र अनुसन्धान गरिनु अत्याबश्यक भएको समेत मञ्चका अध्यक्ष मर्हजनको ठहर रहेको छ ।

र यो पनि अध्ययन गर्नु भयो ?

हुन्डाईको अवैध धन्दामा सरकारले गरेन अनुसन्धान

हुण्डाईको लक्ष्मीलाई किन छुट सरकार ?

फोर्ड कम्पनीको गाडी विश्व बजारमै विश्वास गुमायो ….नेपालमा बिना भन्सार प्राविधिक समस्या रहेका गाडी भित्रियो

हुण्डाईको गाडी किन्दै हुनुहुन्छ विचार गर्नुहोस : असुरक्षित रहेको गाडी नेपालमा अत्याधिकम मंहगोमा बिक्री

लक्ष्मी इन्टरकन्टिनेन्टरले मापदण्ड विपरितका गाडी आयात : यात्रा खतरा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!