टुकुचा हड्प्न नापी र महानगरकै संलग्नता : विभागको रेकर्डबाटै प्रमाण नस्ट

- September 22, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारी जग्गालाई अतिक्रमण गरी व्यक्ती तथा संघसस्थादेखि संगठनको नाममा समेत भौतिक संरचना बनाएर व्यवसायीक रुपमा प्रयोग गर्ने प्रचनलन नियन्त्रण हुनेभन्दा पनि झन बढ्दै गएको छ । यसरी सार्वजनिक जग्गालाई हड्पेर नीजि बनाउदै आउने अबैध काममा सरकारी कर्मचारीकै हात रहने गरेका अघिल्ला घटनाबाट पुष्टी भएपनि नापी विभागबाटै सवै प्रमाण समेत नस्ट गरिर्दै आएको समेत भेटिएको छ ।

जसको बलियो उदाहरण हाल चर्चामा रहेको टुकुचा खोला प्रकरणमा महानगरपालिकाले खोजी कार्य गरेपछि त्यसको रह¥य बाहिर आएको हो । काठमाडौँ महानगरपालिकाले हात्तीसार क्षेत्रमा छोपिएको टुकुचा खोलाको उत्खनन सुरु गरेसँगै हात्तीसारक्षेत्रका बासिन्दाले महानगरको निर्णयप्रति आपत्ति जनाउदै सार्वजनिक जग्गालाई व्यक्तीको भएको भन्दै दाबी गरेका छन् ।

हात्तीसार क्षेत्रमा रहेका २४ वटा घर तथा व्यापारिक फर्मले उच्च अदालत पाटनमा मुद्दा हालेर सरकारी जग्गालाई व्यक्तीगत भएको प्रमाणित गर्न अहिले अदालतको शरणमा गएसंगै नापी विभागको समेत गल्ती गरेको भेटिएको हो । मुद्दा हालेपछि उच्च अदालतबाट ती क्षेत्रमा क्षति नपुराउन अल्पकालीन अन्तरिम आदेश आएको भनिएको छ ।

नापी विभागकै संलग्नतामा शक्ती र पैसाकै आडमा हात्तीसार क्षेत्रमा टुकुचा खोलालाई भूमिगतरुपमा बग्ने बनाएर माथी आलिशान महल खडा गरे उच्च घरानीयाको हुँकार गर्ने केही समुहले । २०६४ सालभन्दा अगाडि खोला छोप्न पाइने हो कि होइन वा त्यसको सेटब्याक कति छोड्नुपर्ने हो भन्ने यकिन नै नभएको कारण २०६४ सालभन्दा अगाडि बनेका संरचनाका सम्बन्धमा प्रश्न उठाउन समेत नपाइने भन्दै सरकारी जग्गा अतिक्रमण गरेर घर बनाउनेहरुको प्रश्न गदै आए ।

खोला सम्बन्धी मापदण्ड २०६४ मंसिर १ गतेबाट लागू भएको भन्दै त्यसभन्दा अघिकोमा लागु नहुने अडान घरधनीको रहेको छ भने महानगरपालिकाले खोलामाथीको संरचना अबैध धन्दा आएको छ । काठमाडौँको हात्तीसार क्षेत्रको नापी २०३३ सालमा भएको प्रमाण भेटिएपनि सो क्षेत्र हुदै बग्ने टुकुचा खोलालाई भुमीगत बनाएर नक्सामै उल्लेख समेत नगरि सरकारी जग्ग हड्प्ने कार्यमा विभागकै सकृयता रहेको देखिन्छ ।

२०३३ सालमा गैह्रीधारा क्षेत्र, नारायणहिटी दरबार र हात्तीसारको नापी गर्ने प्रमुख प्रमुख नापी अधिकृत राजेन्द्रप्रसाद मराठाले गैह्रीधारा क्षेत्रमा टुकुचा खोलाको नापी गरेको भेटिन्छ । नारायणहिटी दरबारभित्र पनि टुकुचा खोला देखाएका छन्, तर हात्तीसार क्षेत्रमा टुकुचा गायब पारिदिन तत्कालिन प्रमुख नापी अधिकृत मराठाले नै भुमीका खेलेको विभागकै एक कर्मचारीले बताएका छन् ।

मराठाले नै गरेको नापीमा टुकुचा कमलादीमा पनि देखिएको छ, तर हात्तीसार क्षेत्रमा चाहिँ किन टुकुचा गायब पारे त तत्कालीन नापी अधिकृत मराठाले भन्ने प्रश्न विभागकै कर्मचारीले समेत गरेका छन् । २०२१ सालको नापीमै हात्तीसारमा टुकुचा नदेखिएको भन्दै सो देखाउन आश्यक नभएको भन्दै मराठाले आफ्नो बचाउ गर्दै आएको देखिन्छ ।

नापी अधिकृतले कहीँ खोला देख्ने कहीँ नदेख्ने कसरी हुनसक्छ भन्ने हाम्रो प्रश्नमा मराठाले टुकुचा खोला भूमिगत मार्ग भएर बगिरहेको छ । हामीले नाप्ने भनेको सतहमा देखिएको मात्रै हो, सतह मुनि खोलाको दिशा कता छ भनेर नाप्न नसक्ने भन्दै बचाउ गरेका छन् । २०३३ सालपछि ती क्षेत्रमा नापी भएको छैन ।

तत्कालीन समयमा नापी कार्यालयले हात्तीसार क्षेत्रमा टुकुचा खोला नै नदेखाइदिएपछि ती क्षेत्रका जग्गामा पनि निजी जग्गा भनी लालपुर्जा प्रदान गर्दै आएको छ । ती क्षेत्रमा जग्गाको कित्ताकाट, किनबेच हुँदै विभिन्न व्यक्ति तथा व्यापारिक समूहले ठुला भवनसमेत बनाएका छन् ।

२०६४ सालपछि बनेका अधिकांश व्यापारिक भवनको समेत नक्सा पास र निर्माणसम्पन्नको प्रमाण काठमाडौँ महानगरपालिकाले दिएको छ । तत्कालीन समयमा नापी कार्यालयले गरेको गल्तीलाई मालपोत कार्यालय र काठमाडौँ महानगरपालिकाले पनि साथ दिएको छ र हात्तीसार क्षेत्रमा टुकुचामाथि संरचना बनाउँदै त्यसलाई कानुनी मान्यता दिने काम काठमाडौँ महानगरपालिकाले गरेको छ । यसरी तत्कालिन महानगरको कर्मचारी तथा जनप्रतिनिधि र नापी विभागकै संलग्नतामा सरकारी जग्गालाई व्यक्तीकोमा नामसारी गरी दिने अबैधधन्दा चल्दै आएको प्रष्ट भएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!