जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्राउन प्रधानमन्त्री देउवाको आग्रह

- September 21, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्राउन सहजीकरण गर्न नेपालकालागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन् । नेपालकालागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त आग्रह गरेका हुन ।

प्रधानमन्त्री देउवाले पर्यटन, जलविद्युत तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेशियाको सरकारी तथा निजी क्षेत्रको लगानी भित्राउन तथा नेपालको हिमाली पर्यटनलाई इन्डोनेशियाका पर्यटकबीच प्रवद्र्धन गर्न आग्रह गरेको नेपालकालागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले बताएका छन् ।

प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेशियाको आवासीयदूतावास स्थापनाकालागि इन्डोनेशियाको सरकारलाई आग्रह गरेका छन् । देउवाले इन्डोेनेशियनजनतालाई शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी भ्रमणका लागि समेत आग्रह गरेका छन् । नेपालकालागि गणतन्त्र इन्डोनेशियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाको लागि आफू सकारात्मक रहेको बताउदै नेपालका प्रधानमन्त्रीको यो सन्देश इन्डोनेशिया सरकारसँग आफूले पु¥याइदिने बताए ।

राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानी बाहकहरुलाई भिसा सहजीकरणको लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताए । आगामी अक्टोबर महिनामा इन्डोनेशियामा आयोजना हुन गइरहेको ट्रेड एक्स्पोको प्रवद्र्धन क्रममा नेपालमा रहेका राजदूत सुबोलोले नेपाल र इन्डोनेशिया बिच दुई पक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्न एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । दुई देश बीच व्यापार तथा लगानीका प्रचुर सम्भावनाहरु रहेका छन् ।

यसलाई थप सहजीकरण गर्दै दुई देशको आपसी फाइदाका लागि कामगर्न इन्डोनेशिया सरकार सकारात्मक छ । यही अक्टोबरमा हुनगइरहेको ट्रेड एक्स्पोले पनि यसमा थप सहयोग पुग्ने राजदूत सुबोलोले बताए । उनले नेपाल भ्रमणका लागि इन्डोनेशियाका पर्यटकलाई सहज वातावरण बनाउन आग्रह गर्दै नेपालीहरुलाई इन्डोनेशिया भ्रमण गर्दा सहज वातावरण बनाउनका लागि अन अराईभल भिसा उपलब्ध गराउने सम्बन्धी काम भइरहेको जानकारी गराए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!