राष्ट्र बैंकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन बिग्रन : चेम्बर

- September 21, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल राष्ट्र बैंककै नीतिका कारण मुलुकमा व्यवसायिक वातावरण झनझन बिग्रदै गएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । नेपाल समुद्रपार निकासी पैठारी संघका नवनिर्वाचित पदाधिकारीहरुसंगको भेटघाटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सो कुरा बताएका हुन ।

सोही क्रममा चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन सच्याउन राष्ट्र बैंकसंग पुनः आग्रह गरेको छ । बैंक, बित्तिय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना–साना ऋणीहरु सबै भन्दा बढी मारमा परेको चेम्बर र समुद्रपार निकासी पैठारी संघका पदाधिकारीले गुनासो गरेपछि सो आग्रह गरेको चेम्बरले जनाकएको छ ।

राष्ट्र बैंकले चालुपुँजी कर्जा सम्बन्धी मार्ग निर्देशन आगामी कार्तिक १ गतेदेखि लागु गर्ने तयारी गरिरहेका बेला व्यवासयीले ब्यापार सहजीकरण तथा लगानीमैत्री वतावरणमा मार्गदर्शनले गम्भिर असर गर्ने व्यवसायीको भनाई छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले भने, ‘एक करोड रुपैयाँसम्मको चालुपुँजीको कर्जाको सीमा निर्धारण बिक्रीको अधिकतम २० प्रतिशतसम्म मात्रै रहने व्यवस्थाले बजारमा लामो समय सम्मका लागि उधारोमा हुने बिक्री तथा दशैं तिहारको बेलामा मात्र ५० प्रतिशत बिक्री हुने सामानका लागि राख्नुनर्पे मौज्दात अहिलेको प्रस्तावित सिमाले पुग्दैन । वार्षिक कारोबार बिक्रीको ५० प्रतिशत सम्म यो सिमा कायम गरिनु पर्दछ ।’

चालुपुँजी मार्गदर्शन सम्बन्धी व्यवस्थाले उधारोमा बिक्री गर्नुपर्ने अवस्थाका व्यापारी सबैभन्दा बढी मारमा पर्ने अध्यक्ष मल्लको भनाई छ । राष्ट्र बैंकको अस्थिर नीतिले ऋणीहरु असाध्यै मर्कामा परेकाले व्याजदरमा पुनरावलोकन गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । आधार दरमा गरिएको अस्वभाविक वृद्धिका कारण निश्चित आय भएका ऋणहरु सवैभन्दा बढी मर्कामा परेको समुद्रपार निकासी पैठारी संघका अध्यक्ष विनोद कुमार सेठियाले बताए ।

उनले भने, ‘यसअघि निश्चित व्याजदरमा कर्जा लिएका ऋणीहरु राष्ट्र बैंकको नीतिका कारण थप समस्यामा परेका छन् । अधारदर अस्वभाविक रुपमा बढ्दा यसको मार ऋणीहरुमा परेको छ ।’ वेस रेट प्रिमियमा यसअघिको व्यवस्था अधिकतम १ दशमलव ५ प्रतिशत विपरित स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगको हकमा २ र अन्यमा ४ प्रतिशत सम्मको सीमाले व्यवसायिक गतिविधी प्रभावित हुने र मुल्यवृद्धि झन बढ्ने चेम्बर अध्यक्ष मल्ले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया