डेंगु परीक्षणको नाममा हृयाम्स र नर्भिक अस्पतालको ठगीधन्दा

- September 20, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । कोरोना भाइरसको सक्रमणबाट बल्ल केही छुटकारा पाएका जनताहरु पछिल्लो समयमा अर्को रोग ‘डेंगु’ बाट फेरी पीडित बन्न पुगेका छन् । यसरी सरकारले नियन्त्रणमा लिनसक्ने रोगलाई समेत वेवास्ता गरेकै कारण अहिले अस्पतालको बेडमा डेंगुका विरामीहरुले भरिएका छन् ।

एकातर्फ विरामीका आफन्तहरु आर्थिक देखि विरामी बचाउन सवै प्रकृया गर्न पछि परेका छैनन् । यही मौका छोप्दै सेवाका रुपमा सरकारी अनुमति लिई चर्को व्यापार गर्दै आएका अस्पतालहरुलेभने डेंगु परिक्षणकै नाममा हजारौ रुपैयाँ असुली गरी ठगीधन्दा चलाउदै आएको छ । कोरोनाको समयमा पनि खुलेआम ठगीधन्दा चलाएकै अस्पतालहरुले डेंगुको नाममा पनि सोही अबैधधन्दालाई निरन्तरता दिएको भेटिएको छ ।

ज्वरो आएपछि उपचारकालागि अस्पताल पुगेकाहरुसंग व्यवस्थापकले डेंगु परीक्षणका नाममा पाँच गुणाभन्दा बढी शुल्क असुलि ठगीगर्दा समेत सरकारी निकाय भने सुतेर बसेको आरोप पीडितहरुले लगाएका छन् । अस्पतालहरूले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा प्रतिव्यक्ति ५ सयदेखि २ हजार ६ सय रुपैयाँभन्दा बढी असुली गरेका कागजात प्राप्त भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार एक कीटको मूल्य र अन्य खर्च समेत जोडेर पनि ५ सय रुपैयाँमा डेंगुको परीक्षण गर्न सकिने जनाएपनि नीजि अस्पतालले भने आफुखुशी शुल्क तोकेर असुली गर्दै आएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ८ सय, वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५ सय रुपैयाँ असुली गरि रहेका छन् भने नीजि अस्पतालहरुले न्यूनतम २६ सय रुपैयाँ असुली गर्दैै आएका छन् ।

एकातर्फ सरकारी प्रयोगशालाबाटै बिरामी ठगिएको बेला नीजले समेत खुलेआम ठग्दै आएका छन् । डेंगु परीक्षणको नाममा त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल र भक्तपुर अस्पताल समेतले छुट्टाछुट्टै शुल्क तोकेर ठगी गर्दै आएका छन् । त्रिवि शिक्षण अस्पतालले डेंगु परीक्षण गर्दा १ हजार रुपैयाँ असुली गर्दै आएको असुली गर्दै आएको छ । भक्तपुर अस्पतालले ७ सय ५० र निजामती अस्पतालले ८ सय रुपैयाँ असुली गरी ठगीगर्दै आएको छ ।

निजीतर्फ सुमेरु अस्पतालले २ हजार ४ सय, ग्राण्डी अस्पतालले २ सय ६ सय, स्टारले १ हजार ८ सय, नर्भिक अस्पताल र भेनसले १ हजार २ सय र ह्याम्सले १ हजार ७ सय रुपैयाँ लिई ठगी गर्दै आएको छ । निजी अस्पतालले भने अमेरिकन कीट प्रयोग हुने भएको भन्दै भ्रम फैलाएर मंहगो शुल्क असुली गर्दै आएको छ ।

यसरी स्वास्थ्य क्षेत्रमा हुदै आएको व्यापारको सम्बन्धमा र खुला रुपमा सेवाग्राही ठगी रहेको अबस्थामा समेत स्वास्थ्य मन्त्रालय भने मौन बसेको छ । अस्पतालहरुले परीक्षण शुल्कमा गरेका मनपरी असुलीमाथी मन्त्रालयमा जानकारी गराउदाँ समेत अनुगनम र अनुसन्धान समेत गर्ने आँट अझै गरेको छैन । जसको फाईदाँ अस्पतालले उठाउदै आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!