जुत्ताचप्पल मेलामा विदेशी स्टिकर स्वदेशी उत्पादनको हुँकार

- September 18, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

उपभोक्ता ठग्दै व्यापारी

काठमाडौं । सरकारले लागु गरेको विद्यमान ऐन कानुनलाई समेत लत्याउदै विभिन्न मेला महोत्सवको नाममा हुदै आएको अबैधधन्दा नियन्त्रण गर्नेभन्दा पनि झन मौलाउदै गएको छ । एकातर्फ सरकारी कर्मचारीकै संलग्नतामा मेला महोत्सव गर्दै आएका व्यापारीहरुबाट करोडौ रुपैयाँको मुल्यअभिबृद्धि कर (भ्याट) र राजश्व समेत छली गर्दैै आएका छन भने अर्कोतर्फ उपभोक्तालाई गुणस्तरहिन सामान समेत मंहगोमा बिक्री गर्दै ठगीधन्दा नै चलाउदै आएको गुनासो बढ्दै गएको छ ।

यसैक्रममा बाह्रमासे मेलाकै रुपमा लागि रहने नेपाली उत्पादनको नाम दिएर लाग्ने जुत्ताँचप्पल मेलामा अहिले अधिकाशं चोरी पैठारी गरि नेपाल भित्राएका जुत्ताचप्पलको खरिद बिक्री हुदै आएको छ । कोरोना सक्रमण हुनुभन्दा अघिसम्म चीनको स्वसाशित क्षेत्र तीव्वतको विभिन्न शहरबाट खरिद गरि ल्याएका जुत्ताचप्पलहरुलाई नेपाली उत्पादनको स्टीकर टाँसेर बेच्दै आएका व्यापारीहरुले अहिले भारतबाट चोरीपैठारी गरि नेपाल भित्राएको जुत्ताचप्पललाई नेपाली उत्पादनको लेवल लगाई उपभोक्तामाथी ठगीधन्दा चलाउदै आएका छन् ।

केही व्यापारीसंगको साँठगाँठमा कर्मचारीले भन्सारमा न्यूनबिजकीकरण र चोरी–पैठारी कार्यलाई चासो नदिएकै कारण गुणस्तहिन सामानले बजार भरिएको छ । अनियन्त्रित रूपमा भित्रिने सस्तो मूल्यका कमसल जुत्ता–चप्पलसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा अधिकाशं उद्योगीहरुको कारखाना बन्द भएको छ । तर चोरी पैठारी गरि सामान ल्याउने व्यापारीहरुले भने खुला चौरमा मेलाको नाम दिएर उपभोक्ता ठगी कार्यलाई निरन्तरता दिदै आएका छन् ।

 नेपाली उत्पादनको नाममा विदेशी ब्राण्डको नक्कली लोगा टाँसिएका जुत्ता

          हेर्नुहोस तस्वीर
हेर्नुहोस तस्वीर
हेर्नुहोस तस्वीर

नेपालमा छिमेकी मुलुक भारत र चीनबाट सबैभन्दा बढी जुत्ता–चप्पल भित्रिरहेका छन । स्वदेशमै जुत्ता–चप्पल उत्पादन गर्दै आइरहेका उद्योगीका अनुसार चीनबाट कम भन्सार मूल्यांकनमा जुत्ता–चप्पल भित्रिरहेको स्वीकारेका छन ।

उता खुला सिमानाका कारण भारतबाट चोरी–पैठारी भएर ठूलो परिमाणमा जुत्ता–चप्पल भित्रि रहेको छ ।

नेपालमा जुत्ता–चप्पल उत्पादन गर्न कच्चा पदार्थ भारत र चीनबाट ल्याउनुपर्छ । तर, व्यापारीहरुले कच्चा पर्दाथको नाममा ‘रेडिमेट जुत्ता–चप्पल’ नै ल्याउने गरेका छन् । कच्चा पदार्थको भन्सार दर तयारी जुत्ताचप्प्लको दर करिब–करिब उस्तै पर्न जाने भएकाले पनि भन्सारका कर्मचारीसंगको मिलिमतोमा जुत्ताँचप्पल विना भन्सार नेपाल भित्रदै आएको छ ।

विदेशी उत्पादनहरू कम भन्सार मूल्यांकनमा भित्रिनु, आयातीत तयारी वस्तुमा प्रयोग भएका कच्चा पदार्थका आधारमा वर्गीकरण नहुनु, चोरी–पैठारीकै कारण सरकारले समेत करोडौ राजश्व गुमाउदै आएको छ । १०१ देखि २ सय रुपैयाँ मूल्यांकनमा जुत्ता–चप्पल आयात भएको रेकर्ड भन्सार विभागमा रहेको छ ।

२०१ देखि ५ सय रुपैयाँ भन्सार मूल्यांकन गरेर पनि समान भित्राएको भेटिएको छ । २ हजार रुपैयाँभन्दा माथिको मूल्यांकनमा जम्मा ७ जोर मात्र जुत्ता आयात भएको विभागको तथ्याङकले देखाएको छ । यसरी अबैधरुपमा नेपाल भित्राएका सामानमा समेत व्यापारीहरुले टाँसिएको स्टीकर झिक्न समेत भ्याएका छैनन् । भृकुटीमण्डपमा लागेको दशैतिहार मेलाको नाम दिएको जुत्ताचप्पलको स्टलहरुमा अधिकांश विदेशबाट चोरीपैठारी गरि नेपाल भित्राएका सामानको विगविगी रहेको छ ।

जुत्ताचप्पल मेलामा नेपाली उत्पादन भन्दै विदेशका कमसल चप्पलको बिक्री

बाह्रमासे जुत्ताचप्पल मेलामा सहभागी हुने सदस्यमाथी कारबाही गरिने : फुटवेयर एशोसियसन

जुत्ताचप्पल गैरकानुनी मेला : मेड इन चाईनाको जुत्तालाई नेपाली उत्पादनको प्रचार(भिडियो सहित)

भृकुटीमण्डप बन्यो कर चुहावटको केन्द्र : मेलाको नाममा दैनिक करोडको छली

भृकुटीमण्डप बन्यो कर चुहावटको केन्द्र : मेलाको नाममा दैनिक करोडको छली

भृकुटीमण्डपमा जारी जुत्ता चप्पल मेला: स्वदेशी उत्पादनकाे नाममा खुला ठगी


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!