प्रतिनिधि सभा रातको १२ बजेबाट अन्त्य

- September 17, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । चालू प्रतिनिधि सभा २०७९ असोज १ गते मध्यरात अर्थात रातको १२ बजेदेखि स्वतः विघटन हुने भएको छ । शनिबार अन्तिम बैठक बस्दै सभामुख अग्नीप्रसार सापकोटाले राष्ट्रपति विद्यादेबी भण्डारीले लेखि पठाएको पत्र संसदमा पढेर सुनाई प्रतिनिधि सभाको अबधि समाप्त भएको घोषणा गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गते गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संघीय संसदका दुवै सदनको चालु अधिवेशन असोज १ गते शनिबार राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।

यो सँगै भदौ ३१ गते शुक्रबारका दिन बसेको राष्ट्रिय सभाको बैठकबाट असोज २ गते आइतबार बिहान बस्नेगरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य हुने भएको छ । आगामी प्रतिनिधिसभाका लागि मंसिर ४ गते निर्वाचन हुँदैछ । त्यसका लागि भोली आईतबार र सोमबार समानुपातिकतर्फको बन्द सूचि पेस गर्ने कार्यक्रम रहेको छ ।

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया