ग्रील तथा स्टील व्यवसायीद्वारा बागमतीको सभ्यता जोगाउन विशेष सहकार्य सुरु

- September 16, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । ग्रील तथा स्टिल व्यवसायी महासंघले बाग्मतीको सभ्यतालाई जोगाई राख्नकालागि विशेष सहकार्य शुरु गरेको छ । यसैक्रममा महासंघले काठमाडौस्थित अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई विभिन्न भौतिक सामाग्रीहरुको सहयोग गरेको अध्यक्ष मोहन कटुवालले बताएका छन् ।

सो सहयोग हस्तान्तरण कार्यक्रममा काठमाडौ महानगरपालिकाकी उपमेयर सुनीता डंगोल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेना, ग्रील उद्योग महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवाल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अ¥र्याल लगायतको रोवरमा ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौका अध्यक्ष यज्ञदास श्रेष्ठले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष तिमिल्सिनालाइ सामानहरु हस्तान्तरण गरिएको थियो ।

महासघका अध्यक्ष कटुवालले ग्रील व्यवसाय भन्ने बित्तिक्कै विगतमा हेर्ने दृष्टिकोण अलि फरक थियो । त्यस समयमा व्यवसायीहरुमा एकता नभएका कारण विभिन्न समस्यामा झेल्दै आएको स्मरण समेत उनले गरे । अध्यक्ष कटुवालले भने,‘विभिन्न अबरोध पारगर्दै आएर यस व्यवसायसंग आबद्ध भएकाहको एक संस्था स्थापना गर्न सकेको र सो संस्थामार्फत सवै व्यवसायीलाई एकै स्थानमा ल्याई संगठीत बनाएर हकहित र समस्याको समधान गर्न सक्षम समेत भएका छौ, अब यससंगै समाजसेवामा र सामाजिक उत्तरदायित्वमा समेत हामी सहमागी भएका छौ, यो निरन्तरण अगाडी बढ्छ ।’

उनले अहिले हामीले २५ सय सदस्य पु¥याई सकेको समेत बताए । ग्रील व्यवसायीहरुलाई करको समस्या वडा वडामा फरक÷फरक कर लाग्ने गरेकाले सो समस्यालाई तत्काल समधान गरिदिन समेत अध्यक्ष कटुवालले उपमेयर डंगोल समक्ष माग समेत राखेका छन् । ग्रील तथा स्टिल व्यवसायीहरुले सरसफाई गर्न प्रयोग हुने औजार तथा बिरुवाको लागि जाली सहयोग गरेको छ ।

उनले हिजोको दिनमा ग्रील पेशा भन्ने वित्तिक्कै मानिसहरुले नाक खुम्च्याउने गरेको र आज त्यसै पेशावाट देशमा ६० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको समेत बताए । महानगरपालिकाकी उपमेयर डंगोलले ग्रील व्यवसायीका समस्याका वारेमा भएका समस्याका बारेमा चाडै आवश्यक काम गर्ने र कुनै समस्या छन् भने छलफल गरेर टुङग्याउन सकिने बताईन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया