टीभीएस मोटरसाइकलको अबैध कारोबार : राष्ट्र बैंक बेखबर

- September 14, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । स्थापना कालदेखिनै विवादीत कम्पनीको रुपमा रहेको ‘शंकर ग्रुप’ पछिल्लो समयमा सरकारी निकायकै उच्च पदस्थ कर्मचारीदेखि मन्त्रीसम्मको आर्शिबाद लिएरै खुला रुपमा ठगीधन्दा चलाउदै आएको छ । यसरी सो ग्रुपमध्ये खुलारुपमा विभिन्न बहाना देखाउदै उपभोक्तामाथी लुटधन्दानै चलाउदै आएको कम्पनी हो ‘जगदम्बा मोटर्स’ नामक संस्था । जुन टीभीएस मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले मोटरसाइकल तथा स्कुटरहरुको अनधिकृत बिक्रीवितरण गर्दै आएको पाइएको आरोप लाग्दै आएको छ ।

तत्कालिन समयमा नेपाल राष्ट्र बैंकबाट स्वीकृत नै नलिई लामो समयसम्म सो कम्पनीबाट ‘फाइनान्स सेवा’ को नाममा अबैध कारोबार समेत गर्दै आएको प्राप्त कागजातबाट खुलेको छ । सो कम्पनीले उपभोक्ताहरुलाई टीभीएसले मोटरसाइकल तथा स्कुटरहरु बिक्री बितरण गर्दै आएको र फाईनान्स समेत त्यही कम्पनीबाट हुदै आएको छ । नेपाल राष्ट्र बैंकले अनुमति नै नदिएको कम्पनीबाट जगदम्बा मोटर्सले मोटरसाइकल तथा स्कुटरहरुको अनधिकृत कारोबार गराउँदा ग्राहक पनि अप्ठ्यारोमा पर्दै आएपछि पछिल्लो समयमा आएर भने राष्ट्र बैंकसंग स्वीकृत लिएको बताउदै आएको छ ।

तर, केन्द्रीय बैंकसंग लिएको स्वीकृत पत्र भने सो कम्पनी उपलव्ध गराउन सकेको छैन । बैंकले दिएको अनुमति पत्र समेत सार्वजनिक गर्न नसक्ने तथा उपलव्ध नगर्दा नक्कली पत्र तयार गरेर उपभोक्तामाथी भ्रम छरेको आरोप समेत लागेको छ । गाडी तथा मोटरसाइकल खरिद गर्दा आधा रकम भुक्तानी गर्नु र आधाको लागि फाइनान्स गर्नु भनेको बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिनु सरह मानिदै आएको छ । सोही कारण राष्ट्र बैंकले आफूसँग अनुमति नै नलिएको वित्तीय कम्पनीबाट यसरी अटो ऋण प्रवाह हुँदा जुनसुकै बेला कारबाही गर्न सकिने बताएपनि सो कम्पनीको गैरकानुनी हर्कतका बारेमा भने बेखबर रहेको समेत पाईएको छ ।

टीभीएसको बाइक तथा स्कुटरको बिक्री राष्ट्र बैंकको अनुमति नभएकै कम्पनीबाट हुने गरेको स्वयं जगदम्बा मोटर्सकै एक कर्मचारीले नाम गोप्य राख्ने सर्तमा तीव्रखबरको भेटमा बताएका छन् ।
जगदम्बा मोटर्स कम्पनीका एक कर्मचारीले भन,‘हाम्रो अन्य कुनै फाइनान्स कम्पनीसँग सहकार्य छैन, सजै प्रबन्ध आफ्नै फाइनान्सबाट हुदै आएको छ, अरु के हो कर्मचारीलाई थाहा हुने कुरो भएन, हामीलाई जति अधिकार दिएको छ त्यतिनै काम गर्ने हो अरु हामीलाईभन्दा पनि सम्बन्धित निकायमै सोध्नु भए राम्रो हुन्छ ।’

सो सम्बन्धमा पटकपटक सो कम्पनीका प्रमुख दीपक अग्रवाललाई फोन सम्र्पक गर्दा उनले फोन रिसिभ गरेनन् । विद्यमान ऐनलाई समेत लत्याउदै सो कम्पनीले समय–समयको स्किमअनुसार फाइनान्सको सुविधा दिइने भन्दै त्यसको लागि हरेक ग्राहकलाई कम्पनीले नै प्रबन्ध गर्ने भनी भ्रम समेत छर्दै आएको छ । कम्पनी दर्ता मात्रै भएको जगदम्बा इन्भेष्टमेन्टले यो काम गर्दै आएको छ । वित्तीय कारोबारका लागि राष्ट्र बैंकबाट मान्यता लिनु अनिवार्य छ, जुन जगदम्बा इन्भेष्टमेन्टले लिएको प्रमाण उपलव्ध गराउन आनाकानी गर्दै आएको छ ।

यसरी फाइनान्स सेवा दिन नेपाल राष्ट्र बैंकमा आबद्ध फाइनान्स कम्पनीले मात्रै पाउने व्यवस्था रहेको छ । कुनै गाडी वा बाइक खरिद गर्दा हायर पर्चेज कर्जाको सेवा दिन राष्ट्र बैंकको अनुमति प्राप्त संस्था नै चाहिने राष्ट्र बैंकले बताएको छ । अन्यथा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार कारबाही हुने राष्ट्र बैंकले बताएपनि सो अनुसार कारबाही भने गर्ने आँट केन्द्रीय बैंकले गर्न सकेको छैन ।

शंकर ग्रुपका बदमासीको शृंखला

– महामारीको समयमा कालोबजारी

– भ्याटछली

– फिडरलाइनमा अनियमितता

– गुणस्तरहीन वस्तु उत्पादन गर्दै ठगी

– विद्युत् प्राधिकरणमा दुई अर्ब ६५ करोड रुपैयाँ बक्यौता

– नक्कली भ्याट प्रकरण

– पटक–पटक गैरकानुनी क्रियाकलापमा संलग्न

– कबाडी सामानबाट गुणस्तरहीन रड उत्पादन

– गुणस्तरहीन सिमेन्ट उत्पादन

–डेडिकेटेड फिडरलाइनमा अनियमितता

– मंगला सिमेन्ट उद्योग प्रा।लि, धादिङ

– जगदम्बा सिमेन्ट उद्योग प्रा।लि, बारा

– जगदम्बा स्टिल उद्योग प्रा।लि, बारा

– रिद्धिसिद्धि मिनिरल वाटर

– जगदम्बा मिल्स

– जगदम्बा बायर

– जगदम्बा मोटर्स

– युनियन लाइफ इन्स्योरेन्स

राष्ट्र बैंकको यस्तो छ ऐन व्यवस्था

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ मा हायर पर्चेजको कारोबार गर्न राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने उल्लेख गरिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १०३ मा भनिएको छ, ‘कसैले इजाजतपत्र नलिई बैंकिङ तथा वित्तीय कारोबार गरेमा यसै ऐनको दफा १०४ अनुसारको दण्ड सजाय हुनेछ ।’ साथै दफा १०४ मा भनिएको छ, ‘यदि कसैले इजाजत नलिई बैंकिङ तथा वित्तीय कारोबार गरेमा बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना र पाँच वर्षसम्म कैद हुनेछ ।’

यसरी सो ऐन विपरित सो कम्पनीबाट अलिहेसम्म अबैधधन्दा नै चलाउदै आएपनि कारबाही भने हुन सकेको छैन ।  राष्ट्र बैंकले हरेक वर्ष कर्जा निक्षेप तथा वित्तीय कारोबारसम्बन्धी व्यवस्थापन गर्न आर्थिक वर्षको सुरुमा नै मौद्रिक नीति ल्याउने गर्छ । मौद्रिक नीतिमा राष्ट्र बैंकले अटो क्षेत्रलाई समेटेर हायर पर्चेज कर्जासम्बन्धी व्यवस्था गर्दै आएकोे छ । तर यस कम्पनीले भने सो नीति विपरित उपभोक्तालाई झुट बोल्दै टीभीएसले ‘शून्य प्रतिशत’ मा नै यो डाउनमेमेन्ट पाइने उल्लेख गर्दै ठगी गरेको आरोप समेत लागेको छ ।

सुरुमा शुल्य प्रतिशतमा भन्दै उपभोक्तालाई भ्रामक कुरा गरी विश्वासमा पारेर बाईक तथा स्कुटर बिक्री गर्ने र त्यसको भोलीपल्टनै मिटरव्याजका दरमा जोडी रकम असुली गर्न विना दर्ताको फाईनान्सबाट टोले गुण्डा परिचालन गरि सवारी साधान कव्जामा समेत लिदै आएको भेटिएको छ । अहिले दशैँको योजनामा समेत उपभोक्तामाथीको ठगीधन्दालाई निरन्तरता दिएको छ ।

जगदम्बा मोटर्सले टीभीएस बाइक तथा स्कुटरहरुको नयाँ बिक्री योजनामा विभिन्न भ्रामक विवरण सार्वजनिक गरि लुटधन्दा चलाएको आरोप उपभोक्ताले लगाएका छन् ।  जगदम्बा मोटर्सले छिटो नाफा कमाउन यस्तो अनधिकृत काम गरेर राष्ट्र बैंकलाई सिधै चुनौति दिँदै आएको भएपनि सो चुनौतीको सामाना समेत बैंकले गर्न आँट गरेको छैन । यो कम्पनीले त राष्ट्र बैंकले लिएको नीति विपरीत नै कारोबार गर्दै आएको छ ।

ग्राहक झुक्याउनेमा पहिलो सूचीमा जगदम्बा मोटर्स

टीभीएस बाइक तथा स्कुटरहरुको कारोबार शून्य प्रतिशतको डाउनपेमेन्टकै नाममा जगदम्बा मोटर्सले बैंकलाई चुनौति दिएरै उपभोक्तालाई झुक्याइरहेको छ । जगदम्बा मोटर्सका कर्मचारी शून्य प्रतिशत डाउनपेमेन्ट भनेर स्किम ल्याइएको भएपनि त्यसरी मोटरसाइकल दिन नसकिने स्वीकारदै उपभोक्तासंग भने ५० प्रतिशतभन्दा बढी रकम बुझाएपछिमात्र खरिद गर्न सक्ने बताउदै आएका छन् । बाहिर भ्रम छरेर शून्य प्रतिशत डाउनपेमेन्टको स्किम देखाएर भित्र भने अत्याधिक मंहगोमा सवारी साधान बिक्री गर्ने अबैधकाम समेतलाई निरन्तरता दिएको छ ।

सवारी साधान बेच्नेले अनुमति विना उपहार र छुटको भ्रामक प्रचार

सवारी साधन बेच्ने कम्पनीको ‘बिना अनुमति अफर र उपहार’ योजना


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!